ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

अवैध संरचनामा गाउँपालिकाको डोजर

१५ फाल्गुन २०७९, सोमबार
१५ फाल्गुन २०७९, सोमबार

भैरहवा, १५ फागुन ।

रुपन्देहीको रोहिणी गाउँपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना भत्काएको छ । गाउँ कार्यपालिकाको निर्णयअनुसार सूचना जारी गर्दै सार्वजनिक जग्गा मिचेर बनाइएको संरचना हटाउन आग्रह गरिए पनि अटेरी गरेपछि गाउँपालिकाले अवैध संरचना भत्काएको अध्यक्ष विद्या प्रसाद यादवले बताए । सार्वजनिक जग्गा मिचेर बनाइएको संरचना नहटाइएपछि डोजर लगाएर भत्काइएको अध्यक्ष यादवले जानकारी दिए । हटाउन बारम्बार आग्रह गर्दा पनि अटेरी गरेपछि स्थानीय प्रशासनको सहयोगमा गाउँपालिकाले अवैध संरचना भत्काउने काम गरेको उनले बताए ।

शनिबार रोहिणी गाउँपालिका–५ स्थित मजनु चोक (तरकुल्लाह)मा अवैध संरचना भत्काइएको उनले जानकारी दिए । अध्यक्ष यादवले भने, ‘कुनै आग्रह पूर्वाग्रह नभइ विकास निर्माण कार्यलाई अघि बढाउन र व्यवस्थित गाउँ टोल बनाउनका लागि सार्वजनिक जग्गा मिचेर बनाइएका संरचनाहरु घर, रेलिङ्ग लगायतका भत्काउने कार्य भएको छ ।’

गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन जारी गरेको थियो ।

गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीले सडकको छेउमा बनाइएका अवैध संरचना भत्काइएको बताए । उनले नाला सडक निर्माणमा अवैध संरचना बाधक भएको र सूचना जारी गरे पनि वेवास्ता गरिएपछि भत्काइएको बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले नाला सडक निर्माण लागि बजेट बिनियोजन गरिएको र बजेट कार्यान्वयनका लागि अवैध संरचना भत्काइएको बताए । उनले भने, ‘उक्त क्षेत्रमा अवैध संरचना हटाउनका लागि दुई पटकसम्म सूचना जारी गरियो, तर अटेरी गरेपछि भत्काउनुपरेको हो ।’

अवैध संरचना हटाउने कार्यमा गाउँपालिका अध्यक्ष यादवसहित उपाध्यक्ष शिवकान्ति हरिजन, प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम, वडा नम्बर ५ का वडाअध्यक्ष घनश्याम सिंह क्षेत्री, १ का वडाअध्यक्ष आविद अली पठान, गाउँपालिकाका योजना शाखा प्रमुख राज कुमार मिश्रा, स्थानीयबासी, प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?