ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत बनाउँछौंः स्वास्थ्यमन्त्री पन्थी

१५ फाल्गुन २०७९, सोमबार
१५ फाल्गुन २०७९, सोमबार

बुटवल, १५ फागुन ।

लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री विष्णु पन्थीले सरकारले अगाडि बढाएको लुम्बिनी प्रदेशकै गौरवको योजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लाई नमुना विशिष्टकृत अस्पताल बनाउने बताएका छन् ।

उनले गुरुयोजना अनुसार नै अस्पतालको स्तरउन्नती हुने जानकारी दिदै १० तले आधुनिक भवन निर्माणको लागि रोकिएको ठेक्का प्रक्रिया अविलम्ब सुरुवात गर्ने समेत आश्वासन दिए ।

लुम्बिनी प्रादेशिक अस्पतालको १ सय १३ औ बार्षिक उत्सवको अवसरमा बोल्दै स्वाथ्य मन्त्री पन्थीले प्रदेशको सबैभन्दा महत्पूर्ण अस्पतालको रुपमा विकास गर्ने योजना रहेको बताएका हुन् । उनले बुटवल आर्थिक राजधानीको कोसेढुङ्गा भएको भन्दै विपतमा तुरुन्त उपचार पाइन्छ, बाँच्न सकिन्छ भन्ने भरोसा दिलाउन सक्ने गरी अस्पताल विकास हुने बताए ।

उनले भने–‘यो अस्पताल विकासका लागि सिङ्गो प्रदेशको चासोको केन्द्र हो, यसको व्यवस्थापनमा हामी लाग्छौं ।’ स्वास्थ्यकर्मीलाई आत्मबल साथ अगाडि बढ्ने वातावरण बनाउने भन्दै बुटवललाई मेडिकल टुरिजम बनाउने समेत उनले बताए । उनले सरकारी स्वास्थ्यमा लगानी गर्ने निजी स्वाथ्य संस्थालाई समेत सम्मान गरी अस्पतालको गुरुयोजना अनुुसार रहेको लुम्बिनी ट्रेड कम्लेक्स निर्माणको लागि साझेदारीका साथ अगाडि बढ्ने बताएका थिए ।

पूर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले अप्ठ्यारो अवस्थामा अस्पतालले स्वास्थ्य संकटमा ठूलो योगदान दिएको बताउँदै पछिल्लो समयमा विरामीहरुले बिमाबाट भएका हैरानी अन्त्य गर्नका लागि अस्पताल प्रशासनले कदम चाल्नुपर्ने बताए ।

अस्पतालको सुदृढीकरणका निमित्त, गुणस्तर व्यवस्थापन गर्न आवश्यक भएको भन्दै अरवौंको भवन निर्माण गर्ने काममा अघिल्लो सरकार कुबाटोमा लागेकै कारण आधा सम्पन्न हुने अवस्थमा अस्पताल निर्माण नै सुरुवात नभएको दावी गरे । कुन कुरालाई प्राथमिकतामा राख्ने भन्ने विषयमा जवाफदेही हुनुपर्नेमा जवाफदेही नहुँदाको परिणाम अस्पताल सही रुपले अगाडि बढ्न नसक्ने पुर्व मन्त्री तथा वर्तमान सांसाद श्रेष्ठको भनाई रहेको थियो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले कोभिड कालमा अस्पतालले दिएको सुविधा प्रसंशायोग्य रहेको भन्दै एमडी कार्यक्रम सञ्चालन गर्ने कार्यक्रममा सहयोग रहने बताए । उनले बुटवलमा हुने विभिन्न सेवा प्रदायक संस्थामा बुटवल उपमहानगरपालिका सहयोगी निकायको रुपमा रहने बताउँदै यसमा सहकार्य गर्नका लागि आग्रह गरेका थिए ।

कार्यक्रममा अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञानहरी मरासिनीले विरामीको चाँप अनुसार अस्पतालको भौतिक पुर्वाधार अभाव रहेको बताएका थिए । उनले निर्माण गर्ने भनिएको १० तले भवन छिटोभन्दा छिटो निर्माण प्रकृया अगाडि बढाउनको लागि प्रदेश सरकारसंग माग समेत गरे ।

कार्यक्रममा पूर्व अध्यक्षहरुबाट बाबुराम भट्टराई ,पूर्व मेडिकल सुपरिटेन्डेन्टको तर्फबाट डा. राजेन्द्र खनाल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्का लगायतले आ आफ्नो भनाई राखेका थिए । कार्यक्रममा सेवा निवृत्त कर्मचारी विश्वनाथ गौतम, कृष्णप्रसाद सापकोटा, युग कुमारी खनाल लाई सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?