ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बुटवलको बाङ्गेकुसुम

१५ फाल्गुन २०७९, सोमबार
१५ फाल्गुन २०७९, सोमबार

बुटवल, १५ फागुन ।

कुनै बेला शिवरात्रीमा कालिकानगर बाङ्गेकुसुममा ठूलो मेला लाग्थ्यो । पाँच दिनसम्म चल्ने मेला भर्न रुपन्देहीसहित छिमेकी देश भारतबाट समेत भक्तजनहरु यहाँ आउने गर्दथे । स्थानीय समाजसेवी चन्द्रप्रकाश जैसी पौडेललाई स्मरण छ । मन्दिरप्रतिको धार्मिक आस्थाको कारण दर्शालुहरु भिड लाग्ने गरेको उनी बताउँछन् । ‘स्थानीय सामाजिक ब्यक्ति बुद्धिबहादुर थकालीको खेतमा जमिन जोत्दा ढुगा भेटियो’–उनले भने । सो पथ्थर निकाल्न कोशिस गर्दा सकेनन् । राति सपनामा थकालीलाई सो पथ्थर स्वयंउत्पत्तिमान ज्योर्तिलिङ्ग भएको सन्देश पाए ।

उनले सो स्थानमा मन्दिर स्थापना गरे । दैनिक पुजापाठ लगाए । दुईचार घर हुँदै सो स्थानमा घरधुरीहरु मिलेर सानो मन्दिर निर्माण गरे । थकालीले १ कठ्ठा जग्गा मन्दिरलाई दान गरे । स्थानीय दिपक कार्की आफुहरु साथीभाई मिलेर वर्षेनी मन्दिरको सौन्दर्यीकरण गरेको क्षण हिजोजस्तो सम्झन्छन् । ‘थोरैथोरै सहयोग उठाएर टोल मिलेबाट शिवरात्रीको बेला मन्दिर सिगार्ने गर्थौ’–उनले भने । मन्दिरको छाना छाउने, गेरुवाको रंगरोगन गर्ने, तार लगाउने जस्ता पुजा र मेला लगाउने गरेको उनी बताउँछन् ।

‘धेरै रमाईलो हुन्थ्यो’–उनले भने । बाटोभरि ब्यापारीहरु मिठाई र खेलौनाका पसलहरु थाप्ने गर्दथे । पाँच दिनको मेला भर्नेको भिड हुन्थ्यो । बिस्तारै शहरीकरणसंगै खेतियोग्य जमिन नासिदै गयो । मन्दिर वरपर घरहरु निर्माण भए । संगै ओझेलमा पर्यो मन्दिर । मन्दिरलाई पूर्वाधार निर्माण गरी सुन्दर र आकर्षक बनाईए पनि पहिलेजस्तो चहलपहल भने हुदैन । वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री आफु युवा अवस्थामा मन्दिरको सचिवका रुपमा भुमिका खेलेको स्मरण गर्दछन् । धार्मिक सास्कृतिक महत्व बोकेको सो स्थानको विकास गर्न अब युवा पिढी अगाडि आउनुपर्ने उनको सझाव छ । वि.सं २०५७ सालमा नया ढंगबाट ब्यवस्थापन अघि बढाएर अहिलेको अवस्थामा आएको उनले स्मरण गर्दै गुरुयोजना बनाएर अघि बढ्नुपर्ने बताए ।

मन्दिर ब्यवस्थापन गर्न अक्षयकोष

शिवालय मन्दिर ब्यवस्थापनका लागि अक्षयकोष स्थापना गरिएको छ । समाजसेवी मोतिलाल जैसी, डम्वर तिवारी, रुद्र भण्डारी, चन्द्रप्रकाश जैसी पौडेल, अजित श्रेष्ठले मन्दिर संचालनका लागि अक्षयकोष स्थापना गर्न प्रत्येकले ५१ हजार रुपैया सहयोग गर्ने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?