ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

च्याम्पियन दोहो-याउने दाउमा लुम्बिनी

१२ औं संस्करण च्याम्पियन बनेको लुम्बिनी प्रदेशलाई आफ्नो अस्तित्व जोगाउने चुनौती आईपरेको छ । फागुन मसान्तमा हुने १३ औ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको लागि नगर, जिल्ला र प्रदेश छनौटका खेलमा सक्नुपर्ने भएपनि सुस्ताएको अधिकाश स्थानीय सरकार अहिले तातेको छ ।
१३ फाल्गुन २०७९, शनिबार
१३ फाल्गुन २०७९, शनिबार

बुटवल, १३ फागुन ।

राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको १२ औ संस्करणमा लुम्बिनी च्याम्पियन हो । निशा चौधरीको ४ स्वर्णसहित ३ नयाँ रेकर्डसंगै एथ्लेटिक्समा प्रदेशका चार जना खेलाडीहरुले दुई–दुईवटा स्वर्ण पदक जितेका थिए । फागुनमा हुन गैरहेको १३ औ संस्करणको प्रतियोगिता दोहो¥याउने दाउमा लुम्बिनी प्रदेश लागेको छ ।

देशमा राजनीतिक परिवर्तन र सत्ताको बागडोरमा आएको उतारचढावसंगै पछिल्लो समय खेल गतिविधि सुस्ताएको छ । फागुन अन्तिममा काठमाडौमा प्रतियोगिता हुने भनिएको भएपनि जिल्ला छनौट खेल अझै शुरु भएका छैनन् । पालिकाहरुले भर्खर सक्दैछन् । बुटवल टुडे अनलाईन साथै बुटवल टुडे दैनिक पत्रिकामा समाचार प्रकाशनसंगै केही स्थानीय सरकारहरुले खेलकुद गतिविधिलाई चासो दिएर काम अघि बढाएका छन् । रुपन्देहीका १६ पालिकाहरुमध्ये सियारी र शुद्धोधन दुई गाउँपालिकाले समयमा नै छनौट खेल सकेका थिए । अन्य १३ पालिकामा शिक्षा तथा स्वस्थ्य महाशाखा अन्तर्गत प्रतियोगिता आयोजना सक्दैछ ।

रुपन्देहीको एक पालिका कोटहीमाई गाउँपालिका भने छनौट खेल गर्न नसक्ने बताएको रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र बहादुर क्षेत्री (हरि) ले बताए । ‘हामीले पटकपटक ताकेका गरेका छौ’–उनले भने । स्थानीय तहमा रहेको क्षमतावान र प्रतिभाशाली खेलाडी छनौटको आधार मानिने नियमित प्रतियोगिता समयमा नसक्नु दुःखद भएको उनले बताए । प्रतियोगिता आयोजना गर्न प्रत्येक पालिकाहरुलाई संघ सरकारमार्फत १–१ लाख रुपैयाँ उपलब्ध भएको उनले बताए । राष्ट्रपतिको जिल्लास्तरीय छनौट फागुनको १२ देखि १४ तथा प्रदेश छनौट १९ देखि २१ सम्म सक्नुपर्ने मिति तोकिएको छ ।

१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र÷छात्रा भलिबल, छात्र÷छात्रा कबड्डी हुने छ । यसैगरी एथ्लेटिक्सतर्फ छात्र÷छात्रा एक सय, दुई सय, ४ सय, ८ सय, १५ सय, ३ हजार मिटर दौड, ४ बाई एक सय मिटर र ४ बाई १५ सय मिटर रिले दौड खेल, उफ्रने र फ्याँक्नेमा हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो (६ र ८ सय ग्राम), सटफुट (८ र १२ पाउण्ड), मार्शल आर्टमा छात्र÷छात्रा कराँते, तेक्वान्दो विभिन्न तौल समूहमा तथा उसुका खेलहरु समावेश छन् । ऐच्छिक रुपमा छात्र÷छात्रा फुटबल, रग्बी, ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, आईटिएफ तेक्वान्दो समेत खेलाउन सक्ने प्रावधान रहेको छ ।

देशमा संघीयता आएपनि खेलकुदमा संघीयता कार्यान्वयन नभएको प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईको दुःखेसो छ । संरचनागत रुपमा केन्द्रिकृत रहेको जिल्लालाई प्रदेश अन्तर्गत ल्याउने, जिल्लाहरुमा पदाधिकारीहरु चयन लगायत धेरै कामहरु छोटो समयमा भएको भएपनि अधिकार र जिम्मेवारीकै बाँडफाँड, कार्यान्वयनमा धेरै चुनौतीहरु आईपरेको उनको बताए । नियमित क्यालेण्डरमा रहेर खेलकुद गतिविधिलाई निरन्तरता दिन ताकेता गरिरहेको उनले बताए ।

‘अघिल्लो वर्ष च्याम्पियन रहेको लुम्बिनी प्रदेशको साख जोगाउने चुनौती आईपरेको छ’–उनले भने । प्रदेशका १२ जिल्लामा तयारी तीब्र पारिएको उनले बताए । अघिल्लो वर्षभन्दा राम्रो तयारी रहेको प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्य सचिव भट्टराईको दाबी छ । ‘प्रदेशका स्थानीय पालिका खेलमय भैरहेको छ’–उनले भने । अघिल्लो वर्ष सहभागिता नरहेको रोल्पाबाट खेलाडीहरु खेल्ने उनले बताए । स्थानीय पालिकाका नेतृत्वहरु तीब्र तयारीमा लागेको उनले बताए । खेलाडी छनौटको आधार ग्रासरुट चरण भएकाले पनि यसमा ध्यान दिनुपर्ने उनी बताउँछन् । जिल्ला छनौट चरणको खेलमा भने पाल्पाले मात्र सम्पन्न गरेको उनले बताए । ‘अन्यमा खेल जारी छ’–उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?