ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

जीपचालक ‘बेले’ : गाउँलेको भरोसा !

कहिलेकाँही विसन्चो भएर घरमा आराम गर्दा उनका शुभचिन्तक पनि विरामी भएको अनूभूति गर्छन् । ‘आजभोली बेलेको गाडी किन देखिदैन ?’, छापहिलेका स्थानीय समाजसेवी प्रेम बहादुर खड्काले भने ,‘के उनी विरामी परे र ?’ बुटवल यात्रा गर्नुपरेमा बेलेको गाडी पर्खेर जाने गरेको खड्काले अनुभव सुनाए । हो, यही कारणले उनै बेले गाउँले सवैका भरोसा बनेका छन् ।
१२ फाल्गुन २०७९, शुक्रबार
१२ फाल्गुन २०७९, शुक्रबार

बुटवल, १२ फागुन ।

वास्तविक नाम कृष्ण सुनार । तर, यो नामले उनलाई गाउँमा कसैले चिन्दैनन् । सबैको मनमा बसेको नाम हो ‘बेले’ । कक्षा ६ सम्म मात्र पढेका उनी गाउँलेको भरोसा हुन् । घरको कमजोर आर्थिक अभावले गर्दा उनी १६ वर्षको बाल्यकालदेखि गाडी लाइनमा लागे ।

इस्मा गाउँपालिका ६ अमंरपुर गुल्मीका बेले अहिले २६ वर्षका भए । १० वर्षदेखि निरन्तर यही क्षेत्रमा क्रियाशिल उनी बालकदेखि वृद्धवृद्धा सम्मको आँखामा राख्दा पनि नबिझाउने भएका छन् । सुरुको बेला बसमा सहचालकको रुपमा काम गरेका सुनार अहिले जीपको चालक छन् । आठ वर्षदेखि उनी निरन्तर गुल्मीको मालिका गाउँपालिका छापहिलेदेखि बुटवलका लागि जीप चलाउँछन् ।

सयौँ चालकको भीडमा उनै कृष्ण किन सवैको रोजाइँमा परे ? यो धेरैको चासो बनेको छ । त्यस्तो ठूलो कारण केही छैन । उनी सरल छन् । मिठो बोल्छन् । गाडी चलाइरहेको बेलामा चिनेजति सवैलाई नमस्कार गर्छन् । बृद्ध बुवाआमा देख्नै हुन्न, बुवा नमस्कार, आमा नमस्कार भनिहाल्छन् । अनि सवैले भन्छन्, ऊ बेलेको गाडी आयो ।

उनको मन कोमल छ, बुढ्यौली लागेका गाउँका बुवा, आमा देख्नै हुँदैन । गाडीभित्र राखेका फलफूल दिन्छन् । उनको यही व्यवहार सवैले मन पराएका छन् । गाडी चालक, सहचालकहरु बोल्न जान्दैनन् । रुखो बोल्छन् । छाडा बोल्छन्, भन्ने धेरैजसो यात्रुहरुको अनुभवलाई उनले सहजै चिरेका छन् । सरल व्यवहार र मिठो बोली नै उनको सम्पत्ती हो ।

गुल्मीदेखि बुटवलसम्मको यात्रा गर्दा उनको जीपमा कसले ‘बोर’ मान्दैनन् । रमाइला कुरा गर्छन्, सवैसँग मिठो बोल्छन् र गाडीबाट ओर्लदा सवै यात्रु ‘फ्रेस मोडमा’ हुन्छन् । कतिपय यस्ता यात्रु भेटिन्छन्, गाडीबाट ओर्लिएपछि एक÷दुई हप्तापछि फर्किने यात्रुले अग्रीम टिकट बुकिङ गर्छन् । अर्को हप्ता घर फर्किने हो ‘मलाई सिट राख्दिनु है’ भन्दै उनीसँग विदा माग्छन् । सुनारलाई यात्रुको कहिल्यै अभाव हुँदैन ।

कहिलेकाँही विसन्चो भएर घरमा आराम गर्दा उनका शुभचिन्तक पनि विरामी भएको अनूभूति गर्छन् । ‘आजभोली बेलेको गाडी किन देखिदैन ?’, छापहिलेका स्थानीय समाजसेवी प्रेम बहादुर खड्काले भने ,‘के उनी विरामी परे र ?’ बुटवल यात्रा गर्नुपरेमा बेलेको गाडी पर्खेर जाने गरेको खड्काले अनुभव सुनाए । हो, यही कारणले उनै बेले गाउँले सवैका भरोसा बनेका छन् ।

मालिका गाउँपालिकाको छापहिले, अर्जै, घमीर, अर्खावाङ, ह्वाङ्दी सहित इस्मा गाउँपालिकाको अमरपुरका नागरिक उनका नियमित गुल्मी–बुटवल आउजाउ गर्ने यात्रु हुन् । उनी यात्रु लिन बुटवल र गुल्मीका घरघरमा पुग्छन् । कतिपयले ठट्यौली शैलीमा उनलाई भन्दा रहेछन्, ‘बेलेको यात्रु लिन जाने घरदैलो अभियान चलेकै छ ।’

बेलेजस्तै सार्वजनिक सवारीमा काम गर्ने चालक, सह चालकहरुको व्यवहार र शैलीमा परिवर्तन भएमा संवेदनशील क्षेत्रको रुपमा लिइने यो क्षेत्र सवैको रोजाई बन्न सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?