ट्रेंडिंग:

>> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती 

जीपचालक ‘बेले’ : गाउँलेको भरोसा !

कहिलेकाँही विसन्चो भएर घरमा आराम गर्दा उनका शुभचिन्तक पनि विरामी भएको अनूभूति गर्छन् । ‘आजभोली बेलेको गाडी किन देखिदैन ?’, छापहिलेका स्थानीय समाजसेवी प्रेम बहादुर खड्काले भने ,‘के उनी विरामी परे र ?’ बुटवल यात्रा गर्नुपरेमा बेलेको गाडी पर्खेर जाने गरेको खड्काले अनुभव सुनाए । हो, यही कारणले उनै बेले गाउँले सवैका भरोसा बनेका छन् ।
१२ फाल्गुन २०७९, शुक्रबार
१२ फाल्गुन २०७९, शुक्रबार

बुटवल, १२ फागुन ।

वास्तविक नाम कृष्ण सुनार । तर, यो नामले उनलाई गाउँमा कसैले चिन्दैनन् । सबैको मनमा बसेको नाम हो ‘बेले’ । कक्षा ६ सम्म मात्र पढेका उनी गाउँलेको भरोसा हुन् । घरको कमजोर आर्थिक अभावले गर्दा उनी १६ वर्षको बाल्यकालदेखि गाडी लाइनमा लागे ।

इस्मा गाउँपालिका ६ अमंरपुर गुल्मीका बेले अहिले २६ वर्षका भए । १० वर्षदेखि निरन्तर यही क्षेत्रमा क्रियाशिल उनी बालकदेखि वृद्धवृद्धा सम्मको आँखामा राख्दा पनि नबिझाउने भएका छन् । सुरुको बेला बसमा सहचालकको रुपमा काम गरेका सुनार अहिले जीपको चालक छन् । आठ वर्षदेखि उनी निरन्तर गुल्मीको मालिका गाउँपालिका छापहिलेदेखि बुटवलका लागि जीप चलाउँछन् ।

सयौँ चालकको भीडमा उनै कृष्ण किन सवैको रोजाइँमा परे ? यो धेरैको चासो बनेको छ । त्यस्तो ठूलो कारण केही छैन । उनी सरल छन् । मिठो बोल्छन् । गाडी चलाइरहेको बेलामा चिनेजति सवैलाई नमस्कार गर्छन् । बृद्ध बुवाआमा देख्नै हुन्न, बुवा नमस्कार, आमा नमस्कार भनिहाल्छन् । अनि सवैले भन्छन्, ऊ बेलेको गाडी आयो ।

उनको मन कोमल छ, बुढ्यौली लागेका गाउँका बुवा, आमा देख्नै हुँदैन । गाडीभित्र राखेका फलफूल दिन्छन् । उनको यही व्यवहार सवैले मन पराएका छन् । गाडी चालक, सहचालकहरु बोल्न जान्दैनन् । रुखो बोल्छन् । छाडा बोल्छन्, भन्ने धेरैजसो यात्रुहरुको अनुभवलाई उनले सहजै चिरेका छन् । सरल व्यवहार र मिठो बोली नै उनको सम्पत्ती हो ।

गुल्मीदेखि बुटवलसम्मको यात्रा गर्दा उनको जीपमा कसले ‘बोर’ मान्दैनन् । रमाइला कुरा गर्छन्, सवैसँग मिठो बोल्छन् र गाडीबाट ओर्लदा सवै यात्रु ‘फ्रेस मोडमा’ हुन्छन् । कतिपय यस्ता यात्रु भेटिन्छन्, गाडीबाट ओर्लिएपछि एक÷दुई हप्तापछि फर्किने यात्रुले अग्रीम टिकट बुकिङ गर्छन् । अर्को हप्ता घर फर्किने हो ‘मलाई सिट राख्दिनु है’ भन्दै उनीसँग विदा माग्छन् । सुनारलाई यात्रुको कहिल्यै अभाव हुँदैन ।

कहिलेकाँही विसन्चो भएर घरमा आराम गर्दा उनका शुभचिन्तक पनि विरामी भएको अनूभूति गर्छन् । ‘आजभोली बेलेको गाडी किन देखिदैन ?’, छापहिलेका स्थानीय समाजसेवी प्रेम बहादुर खड्काले भने ,‘के उनी विरामी परे र ?’ बुटवल यात्रा गर्नुपरेमा बेलेको गाडी पर्खेर जाने गरेको खड्काले अनुभव सुनाए । हो, यही कारणले उनै बेले गाउँले सवैका भरोसा बनेका छन् ।

मालिका गाउँपालिकाको छापहिले, अर्जै, घमीर, अर्खावाङ, ह्वाङ्दी सहित इस्मा गाउँपालिकाको अमरपुरका नागरिक उनका नियमित गुल्मी–बुटवल आउजाउ गर्ने यात्रु हुन् । उनी यात्रु लिन बुटवल र गुल्मीका घरघरमा पुग्छन् । कतिपयले ठट्यौली शैलीमा उनलाई भन्दा रहेछन्, ‘बेलेको यात्रु लिन जाने घरदैलो अभियान चलेकै छ ।’

बेलेजस्तै सार्वजनिक सवारीमा काम गर्ने चालक, सह चालकहरुको व्यवहार र शैलीमा परिवर्तन भएमा संवेदनशील क्षेत्रको रुपमा लिइने यो क्षेत्र सवैको रोजाई बन्न सक्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?