© 2026
दाङ, फागुन ११ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले निर्धक्कसँग हात्तीपाइले बिरुद्धकोे औषधि सेवन गर्न अनुरोध गरेका छन् । हात्तीपाइले रोग बिरुद्धको आम औषधि सेवन अभियान २०७९ को दाङको राप्ती गाउँपालिकामा कार्यक्रम शुभारम्भ गर्दै मुख्यमन्त्री गिरीले भने, ‘हात्तीपाइले रोग बिरुद्धको औषधिले मानव स्वास्थ्यमा असर गर्छ भन्ने भ्रमबाट मुक्त भई निर्धक्कसँग औषधि सेवन गरौं । रोग उन्मुलन गर्ने एकमात्र उपाय औषधि सेवन नै भएकाले औषधि सेवन अभियानमा कोही छुट्नु हुँदैन ।’
प्रदेशका दाङ, बाँके र कपिलवस्तु हात्तीपाइले रोगका लागि उच्च जोखिममा रहेका जिल्ला भएको भन्दै मुख्यमन्त्री गिरीले यी जिल्लालाई हात्तीपाइले रोगमुक्त बनाउने अभियानमा जुट्न सबैलाई अनुरोध गरे । ‘हात्तीपाइले रोगको उन्मुलनका लागि सबैको सहकार्य अनिवार्य छ । प्रदेशलाई हात्तीपाइले रोगमुक्त जिल्ला बनाउन सरकारले योजना बनाएको छ । यो योजनालाई सफल बनाउन सबै नागरिक लाग्न सबैलाई आग्रह गर्दछु ।’ मुख्यमन्त्री गिरीले भने ।
औषधि सेवन अभियानलाई घरघरसम्म पु¥याउन स्वास्थ्यकर्मीहरुलाई उनले निर्देशन दिएका छन् । ‘हात्तीपाइले रोगको उन्मुलनका लागि सबैले औषधि सेवन गर्नैपर्दछ । एक जना पनि नछुटने गरी आम नागरिकलाई औषधि सेवन गर्न आग्रह गरे । एकजनामा यो रोग लाग्दा अरुमा पनि सर्ने हुँदा सबै नाागरिकलाई अभियानसँग जोड्नुपर्दछ’, मुख्यमन्त्री गिरीले भने, सबैलाई औषधि सेवन अभियानमा जोड्नैपर्दछ ।’
उक्त अवसरमा बोल्दै भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत चौधरीले स्वच्छ समाज निर्माण अभियानमा जुट्न प्रदेशबासीलाई आग्रह गरे । आम नागरिकले औषधि सेवन नगरिदिँदा अभियान सार्थक हुन नसकेको उनले बताए । मानिस रोगमुक्त नहुँदासम्म समाज स्वच्छ नहुने बताउँदै मन्त्री चौधरीले भने, ‘स्वच्छ समाज निर्माणका लागि नागरिक स्वच्छ हुनुपर्दछ । स्वच्छ रहने दायित्व नागरिकको हो । नागरिकले आफ्नो दायित्व पुरा गर्नुपर्दछ । राज्यले उपचारको व्यवस्था मिलाएको छ निशुल्क पाएको औषधि पनि नखाँदा रोग बढेको बताए ।’
आगामी सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य रहेको भएपनि नेपालका अधिकांश जिल्ला निवारण भई सक्दा दाङ अहिलेसम्म पछि परेको हुँदा अब गम्भीरतापूर्वक अभियान सफल बनाउन लाग्नुपर्ने बेला भएको उल्लेख गरे । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा विकाश देवकोटा, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलगायतले पनि बोलेका थिए ।