ट्रेंडिंग:

>> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत
मुख्य खबर

गण्डक नहर सिचाई प्रणाली मर्मत

११ फाल्गुन २०७९, बिहीबार
११ फाल्गुन २०७९, बिहीबार

नवलपरासी, फागुन – नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा मर्मत सम्भारको कार्य शुरु भएको छ । नहरको तेश्रो ढोका पनि खुल्ला गरि पानी प्रवाह गर्ने सिचाई प्रणाली सुदृणिकरण भएसँगै पानी प्रवाह सहज ढंगले होस भनि विभिन्न स्थानमा नहर मर्मतका कार्य थालिएको हो ।

कुल ३२ किलोमिटर लम्बाईको उतm नहर भित्र ठाँउ ठाँउमा माटो भरिएर पानी प्रवाहमा अवरोध हुने समस्या छ । धेरै स्थानमा नहर सफाई गर्ने कार्य थालिएको छ । नहरको डिल मर्मतसँगै डिल भत्किएर नहर पुरिने स्थानमा पक्कि संरचना निर्माण गर्ने कार्य पनि भई रहेको गण्डक नहर ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहले जनाए । सतही सिचाई किसानका लागि अति आवश्यक छ,उनले भने,यसका लागि विगत भन्दा अहिले धेरै मात्रामा नहरको अवस्था सुधार भई सकेको छ । ब्यवस्थापन कार्यालयले किसानलाई सहज ढंगले पानी प्रवाह गर्नका लागि नहर मर्मत सम्भार गर्ने कार्य थालेको छ । उनका अनुसार हाल सुस्ताको रुपौलिय स्थित नहर जहिले माटो बलौटो भएका कारण डिलको माटो भत्किदै नहरमा आउने हुदा त्यसलाई पक्कि ढलान गरि मर्मत गर्ने कार्य भईरहेका छन् ।

सो कार्य गर्नका लागि एम.के.कन्ट्रक्सनले काम गरिरहेको छ । करिब १ करोडको लागतमा सो स्थानमा ३ सय मिटर पक्कि गर्न लागिएको ब्यवस्थापन कार्यालयले जानकारी गराएको छ । नहर सिचाई अहिले जनताको माग बढन थालेको छ । विगत बर्षमा भुमिगत सिचाई प्रति आकर्षित किसान अहिले सतही सिचाई नै स्थाई सिचाईको स्रोत भएको हुदा नहर सिचाई प्रणालीलाई मजबुत बनाउन आवश्यक रहेको र सिचाई ब्यवस्थापन कार्यालयले काम थालेको गण्डक जल उपभोतmा सस्थाका अध्यक्ष हैदर अलि मोमिनले बताए ।

गण्डक नहर सिचाई प्रणालीमा धेरै संरचनागत समस्या छन् । त्यो भन्दा पनि नहरमा पानी प्रवाह गर्ने र नियन्त्रण गर्ने कार्य भारतिय पक्षमा रहेको हुदा पनि बेला बेलामा समस्या आउने गरेको छ । तर पनि अहिलेको अवस्थामा पेट्रोलियको मुल्यवृद्धिले भुमिगत सिचाई सम्भव नभएको उनको भनाई थियो । किसानलाई भुमिगत सिचाई धेरै महगो सिचाई हुन थालेको छ,उनले थपे,किसानको उत्पादन लागतलाई भुमिगत सिचाईले बढाउने गरेको छ । त्यती मात्रै नभई भुमिगत सिचाईले किसान आफैले पनि धेरै स्थानमा नहर संरचना भत्काएका थिए । तर अब तिनै किसानहरु अब महगो डिजलको मुल्यले नहर सिचाई नै स्थाई सिचाई स्रोत भएको महशुस गर्न थालेको उनले बताए ।

भुमिगत सिचाई आकस्मिक सिचाई सुविधा मात्रै हो । तर स्थाई रुपमा निरन्तर सिचाई स्रोत भनेको सतही सिचाई भएको कुरा किसानले स्वम् बुझ्न आवश्यक छ । सहती सिचाई निरन्तर गरि राख्यो भने जमिन रिचार्ज भएर जलभण्डार गरि राख्छ,जुन भुमिगत सिचाई बोरिगँको माध्यमले पानी तानेर सिचाई गर्न सम्भव हुन्छ । भुमिगत सिचाई मात्रै गरिराख्यो भने जमिन मुनिको जलभण्डर घट्दै जाने अवस्था छ । कुनै बेला २० देखी ४० फिटमा पानीको स्रोत भेटिन्थ्यो । तर अहिले त्यही स्रोत घटदै जादा १ सय देखी डेढ सय फिट गहिरो बोरिगँ गाड्नु पर्ने अवस्था छ ।

समान्य स्यालो ट्युवेलले प्राप्त हुने पानी अहिले डिप ट्युवेलमा जानु परेको छ । तर कुनै दिन डिप ट्युवेलले पनि पानी दिन छाड्ने अवस्था आउन सक्छ । यसले सिचाई लागत झन बढाउने छ । सतही सिचाईले थोरै लगानीमा पनि सिचाई गर्न सक्ने अवस्था भएकोले अब सरकारले सतही सिचाईमै लगानी बढाउनु पर्ने देखिन्छ । नहर वरि परिका जलासयमा समेत पानी जम्मा गरि राख्ने र नहरमा पानीको अभाव भए लिफ्ट गरेर नहरमा निरन्तर पानी प्रवाह गर्न सक्ने गरि अब नहर प्रणालीले योजना बनाउन आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?