Butwal Today

राष्ट्रपतिमा ओलीले प्रचण्डलाई दिए माधव नेपालको नाम

१० फाल्गुन २०७९, बुधबार
अ+
अ-

काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालको नाम प्रस्ताव गरेका छन्। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटवार्ताका क्रममा ओलीले नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन्।

बैठकमा माधव नेपालका अलावा एमालेका उपाध्यक्ष सुवाश नेम्वाङको नामबारे पनि चर्चा भएको ओली निकट एक नेताले जानकारी दिए।

एकीकृत समाजवादीले पनि राष्ट्रिय सहमति भए वा जित्ने अवस्था भएमा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालमध्ये एक जनालाई राष्ट्रपतिमा अघि सार्ने रणनीति लिएको छ।

एमालेका अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच राष्ट्रपतिको उम्मेदवार तय गर्न बुधबार विहान बालुवाटारमा एक्लाएक्लै वार्ता भएको थियो।