ट्रेंडिंग:

>> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने
प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९

प्रशिक्षक कृष्णराज घले र नेता कमल थापाको जोडीलाई सफलता

९ फाल्गुन २०७९, मंगलवार
९ फाल्गुन २०७९, मंगलवार

बुटवल, ९ फागुन ।

पुर्व गृहमन्त्री तथा राप्रपा नेता कमल थापा र वरिष्ठ लनटेनिस प्रशिक्षक कृष्णराज घलेको जोडीले बुटवलमा जारी लनटेनिस प्रतियोगिताको भेट्रान्समा उपाधि चुमेका छन् । मंगलबार भएको ५५ वर्ष मेन्स डबल्सको फाईनलमा थापा र घलेको जोडीले धर्म सिह लामागादे र राजु गुरुङको जोडीलाई ६–१, ७–५ को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेका हुन् । राजनीतिमा सक्रिय थापा खेलमा पनि उत्तिकै रुचि राख्छन । उनी आफ्नो समय निकालेर नियमित अभ्यास गर्छन् । उनी बुटवलमा जारी प्रतियोगिताको दुई ईभेन्टमा भाग लिएका छन् । ५५ वर्ष मेन्स सिगलमा पनि उनी फाईनलमा पुगेका छन् । उपाधिमा लागि थापाले अर्का खेलाडी बिमल गुरुङसंग भिड्ने छन् । पहिलो सेमीफाईनलमा बिमल गुरुङले बिनोद कायस्थलाई ६–०, ६–१ अंक र दोस्रो सेमीफाईनलमा कमल थापाले कृष्णराज घलेलाई ६–०, ६–४ पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन् । फाईनल खेल बुधबार बिहान हुने खेल संयोजक सन्जय प्रकाश श्रेष्ठले बताए । थापासंगै खेलमा साथ दिएका कृष्णराज घले भने लामोसमयदेखी लनटेनिस खेल र खेलाडी उत्पादनमा लागेका छन् । उनी १५ वर्षभन्दा लामो समय जुनियर टेनिस प्रशिक्षणमा छन् । उनी काठमाडौमा लन टेनिस प्रशिक्षण गराउने गर्दछन ।

उपाधि उचाल्ने होडमा माहिका र अभिलाषा

रुपन्देहीमा जारी प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को वुमन्स सिंगलको उपाधिका लागि अभिलाषा बिष्टले माहिका राणासंग भिड्ने भएकी छिन ।

चौथो संस्करणमा उपविजेतामा चित्त बुझाएकी अभिलाषा यसपटक उपाधि चुम्ने दाउमा छिन् । फाईनलमा प्रेरणा कोईरालासंग हार ब्यहोरेकी अभिलाषा विष्ट सामु यसपटक उपाधि भिडन्तमा भने माहिका राणा छिन् । मंगलबार भएको पहिलो सेमीफाईनलमा अभिलापा बिष्टले रायना शाहलाई ६–३, ६–४ को सेट तथा दोस्रो सेमीफाईनलमा माहिका राणाले प्रकृति श्रेष्ठलाई ६–४, ६–१ को सेटले जित निकाल्दै फाईनल भिडन्त पक्का गरेकी हुन् । यसैगरी मेन्स सिगलमा उपाधिका लागि रितिक राना र प्रदिप खड्का बिच बुधबार फाइनल खेल हुने छ । यसैगरी ५५ प्लस मेन्सको उपाधिमा लागि कमल थापा र विमल गुरुङ भिड्ने छन् । पहिलो सेमीफाईनलमा विमल गुरुङले विनोद कायस्थलाई ६–०, ६–१ अंक र दोस्रो सेमीफाईनलमा कमल थापाले कृष्ण गुरुङलाई ६–०, ६–४ पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका छन् । यसैगरी ३५ प्लस सिगलको उपाधिका लागि सन्तोष खत्री र सिमान्त गुरुङ भिड्ने छन । प्रतियोगिताको ४ वटा विधाको फाईनल खेल बुधबार बिहान हुने छन् ।

विजेतालाई पुरस्कार वितरण


मंगलबार मेन्स डबल्सको फाईनलमा रितिक राना र निशान श्रेष्ठको जोडीले प्रदिप खड्का र नेहाल जेबि थापाको जोडीलाई ६–२, ६–४ अंकले पराजित गर्दै उपाधि चुमेका छन् ।
वुमन्स डबल्समा माहिका राणा र रायना शाहको जोडीले अभिलाष विष्ट र सुभाङकी आर शाहलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् । यसैगरि ३५ प्लस मेन्स डबल्सको उपाधि कमल भण्डारी र सिमान्त गुरुङको जोडीले हात पारेका छन । फाईनल खेलमा निरज थापा र सुर्य भुजेलको जोडीलाई ६–०, ६–२ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन । ४५ प्लस मेन्स सिगलको फाईनलमा रोहित सुनुवारले बिमल गुरुङलाई ६–०, ६–२ को सेटमा पराजित गर्दै उपाधि जितेका छन् । ४५ प्लस मेन्स डबल्समा गोपी भट्टराइ र धर्म सिह लामिछानेको जोडीले लोक गुरुङ र ईन्द्र गुरुङको जोडीलाई ६–०, ६–१ अंकले जित निकाल्दै उपाधि चुमेका छन् । ५५ प्लस मेन्स डबल्समा कृष्ण गुरुङ र कमल थापाको जोडीले धर्म सिह लामागादे र राजु गुरुङको जोडीलाई ६–१, ७–५ को अंकले पराजित गर्दै उपाधि हात पारेका छन् ।

मंगलबार सम्पन्न भएका फाईनल प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई एक समारोहका बिच नेपाल टेनिस संघका के महासचिव बिनोद कायस्थ, निवर्तमान अध्यक्ष मनोज राणा, रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, निवर्तमान अध्यक्ष सन्जय प्रकाश श्रेष्ठ, सल्लाहकार मनोज बस्नेतले पुरस्कार वितरण गरेका छन् । चार विधाको फाईनल र औपचारिक कार्यक्रम भने बुधबार बिहान हुने संघका सचिव सब्बर मियाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?