Butwal Today

अन्तिम खेलमा नेपालले पहिले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै

९ फाल्गुन २०७९, मंगलवार
अ+
अ-

काठमाडौँ, ९ फागुन  

आईसीसी लिग २ विश्वकप एक दिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले पहिले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले बिहान ९ बजे सुरु हुने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो।

लिग २ मा पहिलोपटक लगातार तीन खेलमा जित हासिल गरेको नेपाल घरेलु मैदानमा सिरिज क्लिन स्विप गर्ने योजनामा छ।

उता पहिले नै लिग २ च्यापियन बनिसकेको स्कटल्यान्ड नेपाललाइ घरेलु मैदानमा हराउँदै सिरिजको अन्त्य गर्न चाहन्छ। पहिलोपटक नेपाल भ्रमणमा रहेको स्कटल्यान्डको आजको खेलपछि लिग २ को यात्रा सकिनेछ।

नेपाल भने शीर्ष ३ मा रहेर सोझै विश्वकप खेल्ने दाउमा छ। लामो समयदेखि ब्याटिङ समस्या भोगिरहेको नेपालले यो सिरिजमा उत्कृष्ट र कीर्तिमानी प्रर्दशन गरिरहेको छ। नेपाल आज पनि सोही लयलाई नियरन्तरता दिने योजनामा हुनेछ।

नेपालले पहिलो खेलमा स्कटल्यानडलाई ३ विकेटले हराएको थियो। स्कटल्यान्ड आज सोही हारको बदला लिने दाउमा हुनेछ।

नेपालले पहिलो खेलमा नामिबियालाई २ र दोस्रो खेलमा ३ विकेटले हराएको थियो।

नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। गुलसन झाको स्थानमा ललित नारायण राजवंशीलाई मौका दिएको छ।