ट्रेंडिंग:

>> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने
खबर एक्सप्रेस

मन्त्री पद त्याग, तर शुभकामना र सरकारी सेवा सुविधा निरन्तर

उनले पदबहाली अस्वीकार गरेपनि मन्त्रीकै हैसियतमा हिंडेको विषयमा न्युज बुटवल टुडेले राखेको जिज्ञासामा आफू राजीनामा स्वीकृत नभएसम्म मन्त्रीकै हैसियतमा रहेको बताइन्
८ फाल्गुन २०७९, सोमबार
८ फाल्गुन २०७९, सोमबार

बुटवल, ८ फागुन ।

लुम्बिनी प्रदेश सरकारमा मन्त्री नियुक्त भएकी माओवादी केन्द्रकी नेतृ कृष्णा केसीले पद अस्वीकार गरेपनि मन्त्रीकै हैसियतमा शुभकामना दिने र सेवा सुविधा लिने काम गरिरहेकी छन् । उनलाई मन्त्री सिफारिसका विषयमा सत्तारुढ माओवादी भित्र चुलिएको विवाद पनि अझै साम्य भएको छैन । पुस २८ मा मन्त्री नियुक्त भएकी कृष्णा केसीले माघ २८ मा आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाएपनि अहिलेसम्म पदभार ग्रहण गरेकी छैनन् ।

तर उनले सामाजिक सञ्जालमा विभिन्न पर्वमा मन्त्रीकै हैसियतमा शुभकामना दिइरहेकी छन् भने सरकारी गाडी नै प्रयोग गरिरहेकी छन् । आइतबार नेपालगन्ज रंगशालामा २८ औं माओवादी जनयुद्ध दिवसको अवसरमा भएको फुटबल प्रतियोगिताको उदघाटनमा उनी मन्त्रीकै हैसियतमा सहभागी भएकी थिइन् । त्यस्तै तीनदिन अघिमात्रै केसीले मन्त्रीकै हैसियतमा नेपालगन्जमा प्रदेशस्तरीय प्रदर्शनीको उदघाटन गरेकी थिइन् ।

मुख्यमन्त्री लीला गिरीसँगै नियुक्ती बाँकेकी केसीले पार्टीको संसदीय दलबाट निर्णय नभई जिम्मेवारी विभाजन भएको भन्दै पदभार अस्वीकार गर्दै आएकी छन् । मन्त्री बनेको एक महिनापछि आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मा पाएकी उनले काम गर्न मानेकी छैनन् ।

मन्त्री भएको डेढ महिना पुग्न लाग्दासमेत पदवहाली गरेकी छैनन् । उनीसँगै जिम्मेवारी तोकिएका सबै मन्त्रीले पदवहाली गरे पनि उनले पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै पदवहाली अस्वीकार गर्दै आएकी छन् ।

तर उनले पदबहाली अस्वीकार गरेपनि मन्त्रीकै हैसियतमा हिंडेको विषयमा न्युज बुटवल टुडेले राखेको जिज्ञासामा आफू राजीनामा स्वीकृत नभएसम्म मन्त्रीकै हैसियतमा रहेको बताइन् । पदभार ग्रहण नगरी किन मन्त्रीको हैसियतमा हिंड्नुभएको भन्ने जिज्ञासामा केसीले भनिन्–“यस्तो प्रश्न सोध्ने तपाईं को ? म राजीनामा स्वीकृत नभएसम्म मन्त्रीकै हैसियतमा छु, पदभार ग्रहण गर्ने नगर्ने मेरो कुरा हो, मन्त्रीबाट हटेका मान्छे पनि एक डेढ महिनासम्म मन्त्रीकै हैसियतमा हिंडेका छन्, तिनको बारेमा खोज्नुस् न ।”

उनले आफूलाई यस्ता प्रश्न नगर्न आग्रह गरिन् । “म जुन हैसियतमा हिंडेपनि तपाईंलाई के मतलव”–उनले भनिन् ।

सत्ता गठबन्धनमा भएको भागवण्डाअनुसार माओवादीलाई परेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा उनको दाबी थियो । तर, पार्टीले उनलाई आन्तरिक मामिला मन्त्रालयलको जिम्मेवारी दिएपछि उनले अस्वीकार गर्दै मन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनको राजीनामा स्वीकृत पनि भएको छैन । मन्त्री केसीले जिम्मेवारी बाँडफाँडमा पार्टीभित्र व्यक्तिको एकल निर्णय भएको भन्दै पार्टीमा छलफल गरेर मात्र पदवहाली गर्ने–नगर्ने निर्णय लिने बताएकी थिइन् ।

उनकै मागअनुसार फागुन ४ गते पार्टीको प्रदेश कमिटीको बैठक बसेको थियो । बैठकको बहुमतले मन्त्री केसीलाई जिम्मेवारी लिन निर्देशन दिए पनि उनले त्यो अस्वीकार गरेर संसदीय दलको बैठक माग गरेकी छन् ।

माओवादी स्रोतकाअनुसार उनले संसदीय दलको बैठकपछि पनि जिम्मेवारी स्वीकार नगरे कारबाही गर्नुपर्ने माग पार्टीभित्रै जोडदारले उठिरहेको छ । मन्त्री केसी माओवादीमा जर्नादन शर्मा निकट मानिन्छिन् ।

पार्टीभित्रको विवाद बढ्दै गएपछि संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा काठमाडौं लागेका छन् । मन्त्री कृष्णा केसीले महराकै निर्णय मान्न अस्वीकार गरेपछि नेतृत्वलाई विवाद मिलाउन आग्रह गर्न उनी काठमाडौं लागेको माओवादी नेताहरुको भनाइ छ ।

माओवादीभित्रै अहिले मन्त्री बनेका नेताहरुको नाममा विवाद बढ्दै गएपछि अहिले सरकारमा गएका तीनै जनालाई फिर्ता बोलाएर नयाँ अनुहारलाई पठाउनुपर्ने दबाब आएको छ । तर भरखर मात्रै सरकारमा सहभागी भएकाले त्यो संभावना भने कम रहेको छ ।

लुम्बिनीमा माओवादी नेता वर्षमान पुन र नेता जनार्दन शर्माको समूहबीच नेतृत्वमा कसलाई पठाउने भन्ने टकरावका कारण विवाद बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?