ट्रेंडिंग:

>> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ

दाङमा सडक कार्यालयको मूलगेटमा स्थानीयले लगाए ताला

८ फाल्गुन २०७९, सोमबार
८ फाल्गुन २०७९, सोमबार

दाङ, ८ फागुन ।

दाङका सडक निर्माण कार्यको जिम्मेवारी लिएर लामो समय निर्माण कार्य नसकेर लथालिङ्ग पार्दा नागरिकले अनाहकमा दुःख पाएको भन्दै निर्माण कार्य चाँडो सम्पन्न गर्न दवाब दिन स्थानीयले सडक डिभिजन कार्यालय दाङको मूल गेटमा तालाबन्दी गरेका छन् । कटुवाखोला तुलसीपुरको चोक सडक पटक पटक म्याद भएर पनि काम नगर्ने ठेक्दारलाई म्याद गुज्रिएको लामो समय भई सक्दा पनि कारवाही नगर्ने, काम पनि नगर्ने अवस्थाको अन्त्य गर्दै अबिलम्ब सडक निर्माण र मर्मत कार्य अघि बढाउन दवाब दिईएको छ ।

२०७० सालदेखि निर्माण थालनी गरेर अहिलेसम्म पनि सडक निर्माणको काम सम्पन्न नगरी ठेकेदार कम्पनी बेपत्ता हुँदा पनि सडक डिभिजन कार्यालयले चासो नलिएर नागरिकलाई दुःख दिएको भन्दै दवाव स्वरुप सोमबार कार्यालय समयमा सडक डिभिजन कार्यालय पुगेर मुल गेटमा तालाबन्दी गरेर कार्यालय प्रमुखसहित कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका हुन् ।

घोराहीस्थित सिद्धार्थ गौतमनगर टोल विकास संस्था, बयलडाँडा चौतारी क्लवको नेतृत्वमा गएको दवाब समूहले दाङ जिल्ला उद्योग वाणिज्य संघ, नागरिक समाज, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकको उपस्थितिमा ताला लगाइएको थियो ।

यसअघि पनि सडक कार्यालयमा प्रमुखलाई भेट गरी समस्याको बारेमा जानकारी गराएको तर कामले सार्थकता नपाएपछि बाध्य भएर सडकमा उत्रिनु परेको सिद्धार्थ गौतमनगर टोलका अध्यक्ष चित्रकान्त आचार्यले बताए । सडक निर्माण अलपत्र भएका कारण नागरिकले ज्यान गुमाउनेदेखि धुलोको मार खेप्नु परेको उनको भनाइ थियो ।

पटक पटक दवाबको सुनुवाइ नभए आगामी दिनमा कडा आन्दोलन गर्न बाध्य हुने उनको चेतावनी छ । घोराही–तुलसीपुर चारलेन सडक निर्माणको नाममा भएको ढिलासुस्तीका कारण २५ बढीको ज्यान गएको, कैयौं घाइते भएको तथा परिवारमा बिचल्ली भएको अवस्थामा पनि राज्य मौन बसेको हुँदा अब नागरिक अब चुप लागेर नबस्ने नागरिक समाज दाङका संयोजक केबी मसालको भनाई छ । राज्य जनताप्रति उत्तरदायी नहुँदा बाध्य भएर ताला लगाउन परेको उनको भनाइ छ ।

अस्तव्यस्त लथालिङ्ग फोरलेन सडकसहित निर्माणाधीन सडकहरु समयमै निर्माण गर्न दवाव स्वरूप धर्ना कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, स्थानीय टोलका अध्यक्ष शिवशंकर देवकोटालगायतले अब जनतालाई यो वा त्यो बहाना देखाएर अल्मलाउन नमिल्ने भन्दै जनताको करबाट बन्ने हरेक काम समयमै सम्पन्न गर्न चेतावनी दिए । घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको सडक अहिलेसम्म निर्माण सम्पन्न नहुँदा ट्राफिक चोक सधैँको घुलाम्य हुँदा स्थानीयलाई बस्ने, व्यवसाय गर्ने वातावरण नभएकाले नागरिकको स्वास्थ्यमा खेलवाड नगर्न पनि सचेत गराईएको छ । विरोध सभापछि १० बजे मुलगेटमा तालाबन्दी गर्ने समयमा प्रहरीले अवरोध गर्न खोजेपछि विरोधकर्ताले नाराबाजी गरेका थिए । दवावमुलक कार्यक्रमको सहजीकरण बयलडाँडा चौतारी क्लवका अध्यक्ष नारायणप्रसाद भुसालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?