ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

स्वास्थ्यका लागि फिट बन्ने होड

शहरीया ब्यस्त जीवनशैलीमा रहेका शिक्षक, बैंकर्स, कर्मचारीहरु फिटनेशमा आकषर््िात भएको बुटवल फिटनेशका संचालक तथा प्रशिक्षक बिजेन्द्रमान श्रेष्ठ बताउँछन् । पहिले पुरुषमात्र जिम जाने गरेकोमा पछिल्लो समय भने महिलाको संख्या ह्वात्तै बढेको उनी बताउँछन् ।
७ फाल्गुन २०७९, आइतबार
७ फाल्गुन २०७९, आइतबार

बुटवल, ७ फागुन ।

बुटवलकी ४९ वर्षीय मिना राना मोटोपना र घुडा दुख्ने समस्याले लामो समयदेखि पीडित थिईन् । धेरै घरेलु र चिकित्सकीय उपचारबाट समेत निदान पाउन सकिनन् । पछिल्लो एक वर्षदेखि फिटनेश सेन्टरमा ब्यायाम गर्न लागेकी छिन् । बिहान सबेरै राजमार्ग चौराहामा रहेको बुटवल फिटनेशमा उनी ब्यायामका लागि पुग्छिन् । दक्ष प्रशिक्षकबाट दिईने ब्यायामबाट फाईदा मिलेको उनी बताउँछिन् । ‘पेटको मोटोपन र खुट्टा दुख्ने समस्या हटेको छ’–उनले भनिन् । सिद्धार्थ बोर्डिङ स्कुलमा अध्यापन पेशामा रहेकी रानाको दुई छोरा मध्ये एक जना भारतीय सेनामा सेवारत र अर्को कक्षा १२ मा अध्ययरत छन । उनीसंगै फिटनेशमा १८ देखि ५५ वर्ष उमेरका दुई दर्जन महिलाहरु ब्यायाम गर्छन् ।

सामाजिक संजाल र टिकटकमा भिडियो अपलोड गर्ने र शरीरलाई फिट बनाउने रहरले जिम जाने प्रवृत्ति वृद्धि भएको उनी बताउँछन् । ‘गृहिणी महिलाका साथै कामकाजी महिलाहरु पनि जिममा धाउँछन्’–उनले भने । वि.सं २०६१ सालमा बुटवलमा निजी लगानीमा नाममात्रको ब्यायामशाला रहेको बेला बिजेन्द्रमान श्रेष्ठले बुटवल फिटनेस खोलेका हुन् । सानैदेखि शारीरिक सुगठनप्रति आकर्षित भएका उनी आफु पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरुमा भाग लिएका छन् । मोटोपन भएका मात्र नभई शरीर स्वस्थ बनाउन जिम हाउसमा गरिने तालिमप्रति धेरै आकर्षण भएको उनी बताउँछन् ।

बुटवल वडा नं. ४ का कपिल ज्ञवाली बिहानको समय निकालेर नियमित जिम जान्छन् । एक दशकदेखि नियमित अभ्यास गरेका उनी स्वस्थ रहन जिम जाने गरेको बताए । ‘ज्यान स्वस्थ बनाउने आधार ब्यायाम हो’– उनी भन्छन् । प्रशिक्षक केशव शाक्यबाट ब्यायामसंगै डाईट प्लानमा ध्यान दिंदा निरोगी र फिट भएको उनी बताउँछन् । दैनिक कार्य ब्यस्तता हुनेहरुका लागि थोरै समय निकालेर जिम जाँदा धेरै फाईदा मिल्ने उनी बताउँछन् । ब्यायामसंगै खानामा फलफुल, झोलिलो पदार्थको मात्र मिलाउँदा शरीर फिट र स्वस्थ्य भएको उनी बताउँछन् ।

आधुनिक विश्व बजारमा भित्रिएका अधिकांश म्यानुअल र अटोमेटिक ब्यायाम मेशिनहरु रुपन्देहीमा भित्रेको उनी बताउँछन् । बडिबिल्डिङ खेलसंगै पावर लिफ्टिङ, स्ट्रेन्थ लिफ्टिङ, क्रसफिट जस्ता नयाँ विधाहरु थपिदै जाँदा अझ यसमा आकर्षण बढेको उनको दाबी छ । दुई तला भवनमा पूर्वाधार बनाईएको जिममा एक सय बढी क्षमता रहेको छ । स्वस्थ र हाईजेनिक खानामा मानिसहरु सचेत छन् । बडिबिल्डिङमा राष्ट्रिय र पावर लिफ्टिङ र स्ट्रेन्थ लिफ्टिङमा समेत अन्तर्राष्ट्रिय स्तरसम्म खेलाडी पुगेको भएपनि सरकारबाट आवश्यक लगानी न्युन रहेको उनी बताउँछन् ।

बुटवल कालिकानगरमा २०७६ असोज १ गते फिटनेश हब खोलेका लोकेश थापाको टिमले तिलोत्तमा नगरमा शाखा बिस्तारमा लागेका छन् । खेलप्रेमी युवाहरु लोकेश थापा, विनोद थापा, नेत्र थापा, पुरन कार्की गरी चारजना युवाले शुरु गरेको फिटनेश हबमा दैनिक एक सय बढीले नियमित ब्यायाम गर्छन् । जिम लभरलाई लक्षित गरी करिब डेढ करोड लगानीमा नयाँ र सुविधा सम्पन्न दोस्रो शाखा खोल्न थालेको संचालक लोकेश थापा बताए । नयाँमा विशाल थापा, सुनिल ज्ञवाली र आकाश शाहको थप जुटेका छन् । पहिलो शाखा कार्डियो विशेष भएकोमा नयाँ शाखामा जुम्बा क्लास स्पेशल रहेको तथा प्रशिक्षकहरु विशाल थापा, आकाश शाहले अभ्यास दिने उनले बताए । ईक्युमेन्टहरुलाई जोड दिएर खोलेको उनी बताउँछन् । यसमा ट्रेड मिल, क्रेस ट्रेनर, साईक्लिङसंगै मल्टि फंसन मेशिनहरु लगाएको उनले बताए । रुपन्देहीका जिममा जुम्बा र कार्डियो मात्र गरिदै आएकोमा अहिले क्रसफिट नयाँ भित्र्याएको उनले बताए । यसमा मंकिबार, टायर फिलिप ब्याटल रोअ जस्ता तौल घटाउन उपयोगी ब्यायामहरु सिकाईने उनले बताए । जिम हाउसको ७० जनाले एक्ससाइज गर्न सक्ने क्षमता रहेको उनले बताए ।

 लगानीकर्ता पुरन कार्कीले कालिकानगर शाखामा दैनिक एक सय सदस्यहरु रहेको बताए । खोलेको वर्ष नै कोभिडको कारण समस्या परेको भएपनि पछिल्लो समय राम्रो रहेको उनँ बताउँछन् । शाखामा १६ वर्षदेखि ७० वर्षसम्मका सदस्यहरु फिटनेशमा रहेको उनले बताए । फिजिकल एक्ससाईजसंगै डाईट प्लानका बारेमा विज्ञ टिमबाट सेवा दिदै आएको उनले बताए ।

रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष तथा नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका केन्द्रीय सदस्य सितु प्रसाद श्रेष्ठले आधुनिक मेशिनहरु भित्रिदा पुरुषसंगै महिलाहरुमा आकर्षण बढेको बताए । कोभिडको समयमा धेरै समस्या ब्यहोरेको यो क्षेत्रले पछिल्लो समय गति लिएको उनले बताए । रुपन्देहीमा एउटा सामुदायिकबाट संचालन भएको नारायणी युवा क्लबसहित ३९ वटा निजी लगानीका फिटनेश सेन्टरहरु रहेको उनले बताए । शारीरिक फिटनेसंग यो ब्यवसायका रुपमा विकास भएको उनले बताए । ‘रुपन्देहीमा झण्डै एक अर्ब लगानी रहेको छ’– उनले भने । रुपन्देहीका केही पालिकाले संचालन गरेको खुला ब्यायामशाला पनि धेरैको आकर्षण रहेको उनी बताउँछन् । ब्यायामबाट सुरु भएर खेलाडी उत्पादनसम्म पुग्ने भएकाले पनि यसमा सरकारबाट आवश्यक विकासमा जोड दिनुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?