ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

प्रजातन्त्र दिवस जीवनपद्धती बनोस्

७ फाल्गुन २०७९, आइतबार
७ फाल्गुन २०७९, आइतबार

आज राष्ट्रिय प्रजातन्त्र दिवस । नेपालमा पहिलोपटक निरंकुश राणाशासन अन्त्य गर्न चार शहिदको शहादत र बलिदान स्वरुप प्रजातन्त्र प्राप्ति भएको दिन । ती चार शहिद नै आजको संघीय लोकतान्त्रिक गणतन्त्रका आधार स्तम्भ हुन । चार शहिदले देशमा प्रजातन्त्र ल्याउन शहादत नगरेको भए सायद देशको अवस्था अहिले के र कस्तो अवस्थामा हुन्थ्यो भन्न सकिदैन् । त्यसकारण ती चार बीर सपुतको उच्च सम्मान अहिलेपनि छ र इतिहासले पछिसम्म सम्झिरहने छ । फागुन ७ को प्रजातन्त्र दिवस १०३ बर्ष लामो निरङ्कुश, जहानियाँ, तानाशाही र एकतन्त्रीय शासन व्यवस्था अन्त्य भई वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना भएको स्मरणमा मनाउने गरिएको छ । २००७ सालयताको करिव ७२ वर्षको अवधीमा प्रजातन्त्रका खातिर धेरै शहिदले बलिदान दिएका छन । त्यसमा पनि पहिलोपटक स्थापना भएको प्रजातन्त्र दिवसको विशेष भूमिका छ । तर, आज शहिदको सम्मान हुन सकेको छैन । पहिलोपटक देशमा प्रजातन्त्र आएको दिन फागुन ७ नै हो तर ती चार बीर सपुतको सम्झनामा हामीले शालिक बनाउन सकेका छैनौं । बनाईएका शालिक समेत तोडफोड गर्ने र भत्काउने काम भएको छ । साँचो अर्थमा देशमा प्रजातन्त्रकै लागि भनेर शहिद हुनेको संख्यामा औलामा गन्न सकिन्छ । आजभन्दा ७५–८० बर्ष अगाडि राणा शासनको चरम जगजगीको बेला प्रजातन्त्रका लागि आन्दोलन सानो चुनौति थिएन । त्यतिबेला राणा शासनको विरोध गर्नुभनेको आफैलाई सिध्याउनु थियो । राणा शासनको विरोधमा कसैले चुँसम्म पनि गर्ने अवस्था थिएन । स्वयं राजापनि राणा शासनको दवदवाबाट आतंकित थिए । राजाले पनि खुलेर राणाहरुको विरोध गर्न नसकिरहेको त्यो कठोर दिनमा आन्दोलनका माध्यमबाट प्रजातन्त्र प्राप्तिको संखघोष गर्नु ठूलो चुनौति थियो । तर, त्यो चुनौतिको सामना गर्दै चार शहिदले ज्यानको परवाह नगरि प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे । आज ती शहिदप्रति देश नतमस्तक छ । चारजनाको सेरोफेरोमा अरु सयौं नेपालीले राणाहरुबाट ठूलो पीडा सहे । कैयौंलाई राणाशासनको विरोध गरेकोमा चार भञ्ज्याङ कटाइएको इतिहास ताजै छ ।

सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउन मातहतका सवै निकायलाई निर्देशन दिएको छ । तर जुन उद्देश्य र त्यागका कारण प्रजातन्त्रको सुन्दरता यहाँसम्म आईपुगेको छ त्यो अहिले विर्सने प्रयास भएको छ । सत्ताको उन्मादमा शहिदहरुले जुन सपनाको साथ बलिदानी दिए त्यो अहिले सरासर विर्सिएको छ । केवल दिवस मनाउने औपचारिकतामात्र जीवित छ । वर्षको एकपटक शहिदहरुको स्मरण गर्ने र बाँकी दिन सत्ताको उन्मादमा रम्ने रवैयाले आज देश तहसनहस हुँदैछ । गौरवसाथ भन्नुपर्दछ– अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालदेखि बसेको हो । त्यसबेला उठेको संविधानसभाको माग करिव आधा शताब्दीपछि मात्र पूरा भयो र, संविधानसभाबाट नयाँ संविधान जारी भएको छ । अब प्राप्त उपलब्धिको रक्षा गर्दै जनआकांक्षा पूरा गर्ने दायित्वलाई गंभीरतापूर्वक पूरा गर्दै अघि बढ्नुपर्छ । अव कसैलाई दोष दिएरमात्र अव उम्किने समय छैन । प्रजातन्त्र र त्यसका खातिर बलिदानी गर्ने शहिदको स्मरण अव संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित गर्नु आवश्यक छ । जब संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्धतिको रुपमा स्थापित हुन्छ, त्यसबेला मात्र प्रजातन्त्र दिवस मनाउनुको सार्थकता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?