ट्रेंडिंग:

>> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी >> डडेलधुराबाट काठमाडौँ जादैँ गरेको बस दाङमा दुर्घटना हुँदा २२ जना घाइते  >> उम्मेदवार सिफारिसप्रति असहमति जनाउँदै काँग्रेस सल्यानको असन्तुष्ट पक्ष प्रदेश र केन्द्र जाने तयारीमा  >> रवि र छविको मुद्दा ४ नम्बर इजलासमा >> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’

म्याद सकिएका ग्यास सिलिण्डर बिक्री रोक्न नागरिक समाजको माग

७ फाल्गुन २०७९, आइतबार
७ फाल्गुन २०७९, आइतबार

दाङ, ७ फागुन ।

नागरिक समाज दाङले जिल्लामा लागूपदार्थ सेवन तथा ओसारपसारको गर्नेको संख्या दिनानुदिन बढ्दै गएको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजका संयोजक केबी मसालको अध्यक्षतामा आईतबार घोराहीमा बसेको बैठकले कुलतमा फस्नेको संख्या बढ्दै गएको हुँदा लागुऔषध नियन्त्रणका लागि सरोकार सबै निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।

यसैगरी, देशका विभिन्न स्थानमा भएका ग्यास सिलिण्डर उत्पादक कम्पनी तथा बिक्रेताहरुले तोकिएको मापदण्ड पूरा नगरेका ग्यास सिलिण्डर, रेगुलेटर, पाईप जस्ता सामग्रीहरु बजारमा पठाउँदा मानवीय तथा भौतिक क्षति हुने घटना बढ्दै गएको हुँदा मापदण्ड पूरा गरेका सामग्री मात्रै बजार पठाउन सम्वद्ध निकायको ध्यानाकर्षण गराईएको छ । साथै, सम्बिन्धित निकायको विशेष अनुगमन गर्न र आम नागरिक पनि ग्यास सिलिण्डर प्रयोगमा थप सचेत रहन अपिल गरिएको छ ।

समाजको बैठकले यही माघ २७ गते घोराही –१७ चौघेरास्थित श्री गोरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मन्दिरमा संचालित वैदिक गुरुकुलको छात्रावासमा आगलागी भई विद्यार्थीहरुको लत्ताकपडा, जिन्सी सामान जलेर पूर्ण रुपमा क्षति भएको हुँदा विपद व्यवस्थापन समिति, स्थानीय सरकारलगायत सहयोगी सबै संघसंस्थाहरुबाट आवश्यक सहयोगका लागि अनुरोध गरेको छ ।

बैठकले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीको राप्ती गाउँपालिकाकाको सबै वडा, गढवा गाउँपालिका र शीतगंगा नगरपालिकाको केही वडामा प्रदेश राजधानी पूर्वाधार विकास गर्ने क्रममा लामो समयदेखि जग्गा धनीहरुको नीजि जग्गा रोक्का भई गुनासो आउने क्रम बढ्दै गएकाले राजधानीको गुरुयोजना अबिलम्ब तयार गरी जग्गाधनीहरुको रोक्का गरिएका नीजि जग्गा फुकुवा गरिदिन प्रदेश सरकार समक्ष अनुरोध गरेको छ ।

यसैगरी, नागरिक समाजको विविध गतिविधि समावेश गरी नागरिक आवाजको दोश्रो अंक प्रकाशन गर्न हरिप्रसाद पाण्डेय, पद्मप्रसाद शर्मा र नारायणप्रसाद श्रेष्ठ रहेको सम्पादन समिति गठन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?