ट्रेंडिंग:

>> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित
किसानलाई राहत

बहुउपयोगी कृत्रिम जलाशय, सिंचाईसँगै पर्यटकीय केन्द्र

जनप्रतिनिधि आएपछि घोराहीमा पानीको स्रोत संरक्षण गर्दै किसानको आम्दानी बढाउन कृत्रिम जलाशय निर्माण अगाडि बढाइयो । नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको छ । घोराहीमा झण्डै २ दर्जनभन्दा बढी कृत्रिम ठूला जलाशय निर्माण गरी जमिनमा पानीको रिचार्ज गर्ने कामको सुरूवात गरिएको छ ।
६ फाल्गुन २०७९, शनिबार
६ फाल्गुन २०७९, शनिबार

दाङ, ६ फागुन ।

घोराही उपमहानगरपालिकाले पानीको स्रोत संरक्षण गर्दै किसानको आम्दानी बढाउन कृत्रिम जलाशयमार्फत सिंचाई सुविधा उपलव्ध गराएपछि किसानलाई राहत भएको छ । नगरलाई सुक्खा हुनबाट बचाउन जलाशय निर्माण अभियान अहिले प्रभावकारी बनेको छ । नगरपाकिलाले एक वडा एक जलाशय भन्ने अभियानलाई अगाडि सारेर काम सुरु गरेको थियो । सोही अभियान अन्तर्गत प्रदेश सरकार र स्थानीय सरकार मिलेर २८ वटा जलाशय निर्माण भैसकेका छन् ।

घोराही १७ कर्जाहीमा रहेको कृत्रिम जलासयका कारण सो क्षेत्रमा पानी समस्या कम भएको सोही ठाउँका किसान पूर्ण चौधरीले बताए । “चैत, बैशाखको गर्मीमा मानिसले खाने पानी हुँदैनथ्यो, गाईवस्तुलाई खुवाउन झनै समस्या थियो । उपमहानगरले कृत्रिम जलासय निर्माण गरेपछि खेतीपाती, गाइवस्तु र मानिस सबैलाई पानीको सहज आपूर्ती भएको छ”–उनले भने । अहिले वडा नं. १७ र आसपासको वडालाई पनि सिँचाइको लागि पानी पुगेको छ । आफ्नै गाउँघरमा विकास आउँदा स्थानीय सरकार आफ्नै लागि बनेको जस्तो लागेको उनले बताए । प्रदेश सरकारको ४५ लाख, स्थानीय सरकारको ५० लाख र उपभोक्ताको ५ लाख लागतमा उक्त जलासय निर्माण भएको हो ।

घोराही उपमहानगरपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नम्बर १ र २ को सीमा क्षेत्रमा पर्ने सुर्केडाँगीमा करीब साढे सात बिघा क्षेत्रफलमा कृत्रिम जलाशय निर्माण गरेको साढे तीन वर्ष भयो । उक्त जलाशयमा दैनिक अवलोकन गर्न जानेको भीड नै लाग्ने गरेको छ । जलाशय संरक्षण समितिका अध्यक्ष एवम् वडा नम्बर १ का वडाध्यक्ष राममणि पाण्डेले जलाशयमा माछा पालनसँगै डुंगासमेत सञ्चालन गरिएको जानकारी दिए । अध्यक्ष पाण्डेका अनुसार अघिल्लो आर्थिक वर्षदेखि निर्माण थालिएको कृत्रिम जलाशय प्रदेश सरकार र घोराही उपमहानगरको करीब १ करोड ८० लाखको लगानीमा निर्माण भएको हो ।

यस्तै घोराही–१३ सेवारमा निर्मित कृत्रिम जलाशयमा पनि अहिले सिँचाइसँगै माछापालन र डुंगा सञ्चालन भइरहेको छ । वडा नम्बर १३ को ज्यामिरे ताल निर्माण गर्ने क्रममा १ करोड ६५ लाख खर्च भएको उपमहानगरपालिकाले बताएको छ ।

‘जलाशय निकै ठूलो छ, सोही कारण सिँचाइसँगै माछापालन, डुंगा सञ्चालन गरेर स्थानीय युवालाई रोजगारी समेत दिएका छौं,’ उनले भने । जलाशय अवलोकन र डुंगा शयरका लागि दैनिक आन्तरिक पर्यटकको भीड बढ्न थालेपछि ताल वरिपरि होटेल सञ्चालनका लागि स्थानीय युवालाई जिम्मेवारी दिने तयारीमा रहेको उनले बताए ।

चार वर्षको बीचमा उपमहानगरभित्र २८ कृत्रिम जलाशय निर्माण भइसकेका छन् । सघन सिँचाइ आयोजनाले तीन, बृहत सिँचाइ आयोजनाले एक, प्रदेश सरकारले तीन र उपमहानगरले २१ गरेर २८ कृत्रिम जलाशय निर्माण भएका छन् । यसमा घोराही नगरले मात्र ११ करोड ४८ लाख ७२ हजार खर्च गरिसकेको छ भने चालु आर्थिक बर्ष २०७८÷०७९ मा ५० लाख बजेट विनियोजन गरेको छ । घोराही उपमहानगरपालिका उपत्यका भए पनि पानी संकट गहिरिँदै थियो । गर्मीको समयमा पानीको समस्या धेरै नै थियो । तीव्र शहरीकरणले नगर भित्रका शहरउन्मुख गाउँका कुवा, इनार, ट्युबवेल, जरूवा जस्ता पानीका स्रोतहरू सुक्दै गए । पशुचौपाया, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थान सुरक्षित गर्न र सिँचाइका लागि आवश्यक पानीको आपूर्तिमा समस्या बढ्दै गयो । नगर प्रमुख नरूलाल चौधरीले नगरमा पानीका स्रोत बचाउन पानी संकलन केन्द्रमार्फत ‘रिचार्ज’को काम गरिएको बताए ।

‘नगरमा जनघनत्व बढ्दै जाँदा शहरी क्षेत्र बढ्यो । जसले गर्दा पानीका मुहानहरू सुक्दै गए । पानीको अभाव बढ्न थाल्यो । घोराही क्षेत्रका मानिसलाई पानीको समस्या नपरोस् भनेर कृत्रिम जलाशय निर्माण गरेका हौं,’ उनले भने, ‘नयाँ निर्माण गरेका पोखरीमा वर्षायामको पानी जम्मा गरिन्छ । पोखरीको छेउँछाउँमा तारवार गरेर सुरक्षित गर्ने काम पनि भएको छ ।’ शहरीकरणले पानीका स्रोत भासिँदै गएका छन् । ‘चुरे क्षेत्रमा तीव्र कटान र ढलानले स्रोत सुकेपछि पानी रिचार्ज हुन पाएन,’ चौधरीले भने, ‘दाङ उपत्यका नै सुक्खा हुँदै गयो । सुक्खा बढ्दा भूमिगत स्रोतको पनि सतह घटेको थियो । पोखरी निर्माणले कृषिसँगै जमिन र पारिस्थितिक प्रणालीमा पनि सन्तुलन ल्याउने अपेक्षासहित हामीले काम गरेका हौं ।’ उपमहानगर भित्रका पहाडी क्षेत्रमा पानीको सम्भाव्यता अध्ययन भएको छ । त्यहाँको भौगोलिक बिकटताका कारण केही समय ढिला भएको उनले बताए ।

घोराहीका वडा न १ र २ मा रहेको चेपे ताल, १६ को गुलरिया, १७ को कर्जाही र १८ को सल्लाघारी र डवरी लगायतका स्थानका किसानलाई प्रशस्त पानी पुगेको छ । बाह्रै महिना खेती हुने गरेको सो ठाउँका किसान बताउँछन् । घोराही क्षेत्रका जलाशय पाँच कट्ठा देखि पाँच बिघासम्म फैलिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?