ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

चिटिक्क लनटेनिस कोर्ट

निर्माण गर्दा शुरुवातमा कम लागत लाग्ने क्ले कोर्टको मर्मतसम्हार खर्चिलो मानिन्छ । लनटेनिसमा क्ले कोर्ट खेलाडीमैत्री छ । क्ले कोर्टमा खेल्दा चोटपटक नलाग्ने र खेलाडीले प्रयोग गर्ने र्याकेट, जुत्ता लगायत किट बढी टिक्न हँुदा यसप्रति खेलाडीको आकर्षण छ । नेपालमा रहेका ८० बढी कोर्ट बनेकामध्ये ९० प्रतिशत क्ले कोर्ट छन् ।
५ फाल्गुन २०७९, शुक्रबार
५ फाल्गुन २०७९, शुक्रबार

बुटवल, फागुन ।

विश्वमा नै चर्चित लनटेनिस खेलप्रतिको नेपालमा पनि आर्कषण बढ्दो छ । विभिन्न उमेर समुहको खेलाडी उत्पादन र पूर्वाधारमा पछिल्लो समय निक्कै लगानी बढेको छ । देशभरमा बनेका कुल ८० वटा लनटेनिस कोर्टमध्ये बुटवलको कोर्ट उत्कृष्टमा पर्दछ । देविनगरस्थित लनटेनिस कोर्ट मर्मत र रंगरोगन गरी चिटिक्क पारिएको छ । फागुन ६ गते शिवरात्रीको दिनमा सुरु हुने प्रथम मेयर कप तथा पाचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता २०७९ को तयारी रुपन्देही जिल्ला लन टेनिस संघको देविनगर टेनिस कम्प्लेक्स तयार गरिएको हो । करीब एक महिनादेखि नियमित मर्मतको काम गरिएको संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए । ‘काठमाडौबाट ईट्टाको धुलो (सुर्खी) र नियमित पानीले भिजाएर रोल गरि मैदान तयार गरेका छौ’– उनले भने ।

अन्य समय खेल चल्दा दैनिक खेलपछि पानी हाल्ने र रोलर गरेर ब्यवस्थापन गरिदै आएको कोर्ट पछिल्लो एक महिनामा भने विशेष मर्मतको काम गरिएको उनले बताए । बुटवल उपमहानगरपालिकाको २ लाख रुपैया र खेलाडीहरुबाट २ लाख रुपैयाँ जुटाएर मैदान तयार गरिएको संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए । प्रतियोगितालाई लक्षित गरी मर्मत कोर्टलाई मर्मत तथा रंगरोगन गरिएको उनले बताए । करीब ७ कठ्ठा क्षेत्रफलमा ४ वटा कोर्ट तयार भएको छ । २ वटा कोर्टसहित एक सय क्षमताको दर्शक बस्ने प्याराफिट राखेपको ८० लाख रुपैया र थप खेलाडीहरुबाट सहयोग जुटाएर कुल १ करोड १७ लाख रुपैयाँमा बि.सं २०७५ सालमा निर्माण भएको हो । जग्गा उपलब्ध र आर्थिक सहयोग मिले थप एक कोर्ट बनाएर अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेलाउन मिल्ने गरी पूर्वाधार बढाउने लक्ष्य रहेको उनको भनाई छ ।

बुटवलमा तयार भएको ४ वटा कोर्ट खेलाडीमैत्री बनेको नेपालका टेनिस खेलका वरिष्ठ कोच कृष्णराज घलेले बताए । करीब १५ वर्ष जुनियर टेनिस ईनिसेटिभ (जेटिआई) मा प्रशिक्षक रहेका र सयौ जुनियर खेलाडीहरु तयार गरेको बताउँदै उनले लनटेनिस खेलको विकासमा बुटवलले फड्को मारेको बताए । देशभर कोर्ट निमार्णमा प्राविधिक ज्ञान दिने, प्रतियोगिता आयोजना गर्न आवश्यक प्राविधिक सहयोग गर्दै आएका उनी प्रतियोगिताकै लागि बुटवल आएका छन् । विश्वमा लन टेनिसमा हार्ड, ग्रास र क्ले कोर्ट ३ प्रकारको कोर्ट प्रचलनमा रहेको उनी बताउँछन् । ‘नेपालमा भने सबैभन्दा बढी क्ले कोर्टमा खेल्ने गरिन्छ’–उनले भने । ग्रास कोर्टको निर्माणमात्र नभई ब्यवस्थापन गर्न खर्च बढी लाग्ने हँुदा यस्तो कोर्ट नेपालमै नभएको उनले बताए । ‘नेपालमा ग्रास कोर्ट नै छैन’–उनले भने । काठमाडौ, पोखरा र बुटवलमा गरी नेपालभरमा हाल ८० कोर्ट हार्ड र क्ले कोर्ट बनेको उनी बताउँछन् । अझ खेलाडीको सुरक्षाको दृष्टिकोणबाट क्ले कोर्ट धेरै उपयोगी भएको उनले बताए । ‘९० प्रतिशत क्ले कोर्ट छन’–उनले भने ।

यो कोर्टमा खेल्दा चोटपटकको सम्भावना कम हुने र खेलाडीहरुको र्याकेट, किटहरुमा खर्च कटौती हुने उनको दाबी छ । क्ले कोर्ट निर्माण गर्दा शुरुवातमा कम लाग्ने भएपनि निरन्तर ब्यवस्थापन र मर्मतमा भने निरन्तर खर्च हुने उनले बताए । हार्ड कोर्ट निर्माण गर्दा बढी हुने तर त्यसबाहेक मर्मतमा अन्य कोर्टको तुलनामा कम खर्च हुने उनले बताए । खुडा दुख्ने, जुत्ता च्यातिने, चोटपटक समेत लाग्ने सम्भावना बढी हँुदा यसप्रति कम रहेको उनले बताए । सातदोबाटोमा रहेको हार्ड कोर्टसहित बढीमा एक दर्जन कोर्ट हार्ड भएको उनले बताए । खेलाडीलाई क्ले कोर्ट धेरै उपयोगी हुने उनले बताए । प्रतियोगिताको लागि मैदान, टाईसिट निकाल्ने काम सकिएको खेल संयोजक सन्जय प्रकाश श्रेष्ठले बताए ।

प्रतियोगिताको अधिकांश खेलाडीहरु बुटवल आईसकेको उनले बताए । पाँच दिनसम्म चल्ने प्रतियोगितामा १ सय बढी खेलाडी विभिन्न समूहमा प्रतिष्पर्धा गर्दैछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?