ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

एनएमबि बैंकका ग्राहकलाई होटल सिद्धार्थ पार्क रिजेन्सीमा छुट

५ फाल्गुन २०७९, शुक्रबार
५ फाल्गुन २०७९, शुक्रबार

सुनवल, ५ फागुन ।

एनएमबि बैंक लिमिटेड र रामग्राम परासी स्थित होटल सिद्धार्थ पार्क रिजेन्सीबीच एक सम्झौता भएको छ । सम्झौता अनुसार एनएमवि बैंकका कर्मचारी एवं ग्राहकले होटल सिद्धार्थ पार्क रिजेन्सी प्रालिबाट फुड एन्ड बेव्रेज आइटममा मेनुमा राखिएको रकममा १० प्रतिशत छुट पाउनेछन् ।

एनएमबि बैंक लिमिटेड सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवाली र होटल सिद्धार्थ रिजेन्सी प्रालिका निर्देशक मनोज गिरिले सहमति सम्झौता आदानप्रदान गरेका हुन् ।

यो सम्झौता एकबर्षको लागि हुनेछ । दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ । सम्झौताले एनएमबि बैंकका कर्मचारी र सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने प्रबन्धक ज्ञवालीले बताए । छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट भुक्तान गर्नु पर्नेछ । भुक्तानीको लागि फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट, मोबाइल बैकिङ्ग, क्यु आर कोड प्रयोग गर्नुपर्ने उनले जानकारी दिए ।

होटल सिद्धार्थ पार्क रिजेन्सी प्रालि करिब २५ करोड लगानीमा हालसालै नवलपरासी जिल्लाको सदरमुकाम रामग्राम परासीमा खोलिएको छ । यस क्षेत्रको एक उत्कृष्ट सुविधासप्पन्न होटल रहेको निर्देशक मनोज गिरिले बताए । सस्तो मूल्यमा गुणस्तरीय सेवा पाइने उनको दावी छ । करिब २४ वटा सुविधा सम्पन्न आधुनिक वातानुकुल स्विट डिलक्स, सुपर डिलक्स कोठाहरु तथा एउटा ५०० जना अटाउने र अर्को ३०० जना अटाउने उत्कृष्ट ब्याङ्क्वेट हल रहेका छ्न। जसमा बर्तबन्ध, सेमिनार लगायतका कार्यक्रमहरु गर्न सकिनेछ । होटलमा फाइनडाइन रेष्टुरेन्ट संचालनमा रहेको छ । नेपाली, इन्डियन, चाइनिज कन्टीनेन्टल खानाका स्वादिष्ट परिकारहरु सुपथ मूल्यमा पाइन्छन् । प्रत्येक शुक्रबार लाइभ म्युजिक भैरहेको निर्देशक गिरिले जानकारी दिए । भगवान बुद्धको अस्तु धातु रहेको रामग्राम स्तुपको पर्यटन प्रबद्र्धन, औद्योगिक एवं ब्यापार प्रवद्र्धनमा सुबिधा सम्पन्न होटल स्थापनाले महत्वपूर्ण सहयोग गर्ने बिश्वास व्यक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?