ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 
खड्ग प्रसाद गौचन स्मृति पाँचौ राष्ट्रिय यु–१९ क्रिकेट प्रतियोगिता

मदन भण्डारी र सेन्टर विजयी

४ फाल्गुन २०७९, बिहीबार
४ फाल्गुन २०७९, बिहीबार

बुटवल, ४ फागुन ।

देवदहमा जारी खड्ग प्रसाद गौचन स्मृति पाँचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ‘बि’ तर्फ मदन भण्डारी स्पोर्टस एकेडेमी आफ्नो पहिलो खेलमा विजयी भएको छ । बिहिबार भएको खेलमा मदन भण्डारीले न्यु होराईजन क्रिकेट एकेडेमीलाई ६ विकेटले पराजित गरेको हो ।

देवदह क्रिकेट मैदान शितलनगरमा भएको खेलमा टस जितेर न्यु होराईजनले २१.२ ओभरमा सबै बिकेट गुमाएर १ सय २ रनको लक्ष्य खडा गरेको थियो । न्यु होराईजनका आरिफ खानले ३५ बलमा ३५ रन तथा अंकित बिएमले १७ बलमा १८ रनको योगदान दिए । कम स्कोरमा रोक्न मदन भण्डारीका सागर भण्डारीले ५ ओभरमा १६ रन खर्चेर १ मेडलसहित ३ विकेट लिए । यसैगरी अदिप्सन नेपालीले ३ ओभरमा १४ रन खर्चेर २ बिकेट लिए ।

मध्यम लक्ष्यलाई मदन भण्डारीका ब्याट्सम्यानहरुले २१.१ ओभरमा ४ विकेटको नोक्सानीमा लक्ष्य भेटाए । मदन भण्डारीको जितमा अवानिस कुमारले अर्धशतक पुरा गरे । उनले ५९ बलमा ५४ रनको योगदान दिए । यसैगरी मनिष तिवारीले ३० बलमा १४ रन बनाए । न्यु होराईजनका अमर मिश्रले २ तथा सुमिद पराजुलीले १ विकेट लिए । खेलमा मदन भण्डारीका सागर भण्डारी म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

यसैगरी समूह ‘ए’ को अन्तिम खेलमा सेन्टर क्रिकेट एकेडेमी कास्की विजयी भएको छ । सेन्टरले स्टार क्रिकेट एकेडेमीमाथि ४७ रनको जित निकालेको हो । सेन्टरका सिब्रिन श्रेष्ठ म्यान अफ दी म्याचबाट पुरस्कृत भए । प्रतियोगिता अन्तर्गत शुक्रबार समूह ‘बि’ को न्यु होराईजन एकेडेमी र क्रिकेट एक्सेलेन्स सेन्टर काठमाडौ तथा धनगढी क्रिकेट एकेडेमी र मदन भण्डारी स्पोटर््स एकेडेमीका बीचमा खेल हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?