Butwal Today

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीमा रु. ३० अर्ब पठाउँदै राष्ट्र बैंक

३ फाल्गुन २०७९, बुधबार
अ+
अ-

काठमाडौ, ३ फागुन ।

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बुधबार (फागुन ३ गते) ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।
वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो फागुन १७ गते परिपक्व हुने यो रिपो भोलि दिउँसो ३ बजे बोलकबोलमार्फत खरिद गर्न सक्नेछन्। तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्दछन्।
यसअघि गत पुस १४ गते राष्ट्र ५० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो। उक्त रिपो गत माघ २९ गते परिपक्व भएको थियो।