ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

अक्सफोर्ड कलेजले गर्यो विद्यार्थीलाई स्वागत, सम्मान र बिदाई

२ फाल्गुन २०७९, मंगलवार
२ फाल्गुन २०७९, मंगलवार

भैरहवा, २ फागुन ।

अक्सफोर्ड कलेज बुटवल उपमहानगरपालिका–८ सुख्खानगर, रुपन्देहीले स्वागत, सम्मान तथा विदाई कार्यक्रम गरेको छ । कलेजले बीबीएस, बी.एड. प्रथम वर्ष, बी.एच.एम., बी.आइ.एम. प्रथम सेमेष्टरका विद्यार्थीहरुलाई भैरहवामा मंगलबार एक कार्यक्रमकाबीच स्वागत, बी.बी.एस., बी.एड. चौथो वर्ष, बी.एच.एम., बी. आइ.एम. आठौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरेको हो ।

त्यस्तै कार्यक्रममा निजामति सेवा, प्रहरी, सेना, उद्यमशिलता, वित्तीय संस्था, शैक्षिक संस्था, कलाकारिता र शिक्षा सेवामा सफलता हासिल गरेका कलेजका पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमको कलेज सञ्चालक समितिका अध्यक्ष अजित खनाल, अक्सफोर्ड माध्यमिक विद्यालयका अध्यक्ष दुर्गादत्त भण्डारी र क्याम्पस प्रमुख मनोज मरासिनीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै कलेज सञ्चालक समितिका अध्यक्ष खनालले विगतका वर्षहरुमा स्वागत तथा विदाई कार्यक्रम छुट्टाछुट्टै गर्ने गरिएको तर यस वर्ष दुवै कार्यक्रम भव्य समारोहकाबीच आयोजना गरिएकोले यो कार्यक्रम अक्सफोर्ड कलेजको एक ऐतिहासिक कार्यक्रम भएको बताए ।

त्यस्तै क्याम्पस प्रमुख.मनोज मरासिनीले वि.सं. २०६२ सालमा स्थापित अक्सफोर्ड कलेजले स्नातक तह नेपाल प्रथम, नेपाल द्वितीयसहित निरन्तर रुपमा उत्कृष्ट नतिजा हासिल गरिरहेको बताए । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्न सफल यो कलेज १२ मा सफल विद्यार्थीहरुको पहिलो रोजाइ बनेको बताए ।

कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सफलता हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको कलेजले जनाएको छ । कार्यक्रममा स्वागत, सम्मान तथा विदाईसँगै कलेजमा अध्ययनरत विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेको कलेजका प्राध्यापक विष्णु खनालले बताए ।

बी.एच.एम. छैठौं सेमेष्टरमा अध्ययनरत नेपाल प्रथम हुन सफल विद्यार्थी लक्ष्मण थापाको अध्यक्षता, कलेज सञ्चालक समितिका अध्यक्ष अजित खनालको प्रमुख आतिथ्यता, अक्सफोर्ड माध्यमिक विद्यालयका अध्यक्ष दुर्गादत्त भण्डारी र क्याम्पस प्रमुख मनोज मरासिनीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको कलेजले जनाएको छ ।

विद्यार्थी दीक्षा भट्टराईको स्वागत तथा सुरज रिजाल र सपना भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा अक्सफोर्ड माध्यमिक विद्यालयका अध्यक्ष दुर्गादत्त भण्डारी, विद्यालयका प्राचार्य दिनेश भुसाल लगायतले बोलेका थिए ।  कलेजमा बिबिएस,बिएड,बिएचएम र बीआईएमका कक्षामा करिब १३ सय विद्यार्थी अध्ययनरत रहेका प्राध्यापक सन्तोष पौड्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?