ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल
विचार

लाहुरे र रेडियो

अचेल लाहुरेहरुले देश फर्किदा रेडियो ल्याउन्नन् । उनीहरुले आईफोन् र सामसुङ मोबाईल टल्काउँदै गाउँमा आउँछन् । आफन्तहरुले पनि रेडियो मगाउँदैनन् । अहिले लाहुरे र रेडियोको सम्बन्ध नासिएको छ । तैपनि चालीसको दशकसम्म हुर्किएका पुस्ताको सम्झनामा हट्टाकट्टा लाहुरे र लाहुरेले बोकेको रेडियो जिवितै छ ।
१ फाल्गुन २०७९, सोमबार
१ फाल्गुन २०७९, सोमबार

अमेरिकाको पिटसवर्ग सहरमा वेष्टिङ हाउस कम्पनीले सन् १९१९ देखि विश्वमा पहिलो पटक व्यावसायिक रेडियो प्रसारण सुरु गरेको थियो । त्यसको लगत्तै सन् १९२२ मा ब्रिटिस ब्रोडकाष्टिङ कम्पनीको स्थापना भएको थियो, जुन रेडियो सन् १९२७ देखि बीबीसीको नामबाट परिचित छ । अंग्रेज सरकारले इन्डियन ब्रोडकास्टिङ कम्पनीलाई अनुमति दिएपछि १९८४ को साउन ८ मा बम्बैबाट र भदौ १० मा कलकत्ताबाट प्रसारण सुरू भएपछि नै नेपालमा पनि रेडियोको प्रवेशको थालनी भएको देखिन्छ । भारतमा रेडियो प्रशारण सुरु भएपछि नेपालमा रेडियो सेटहरू भित्रिन सुरु भएका थिए । वि.सं. १९८४ सालमा चन्द्रशमसेरको दरबारमा फिलिप्स रेडियोले प्रवेश पायो । नागरिक स्तरमा भने राणाको नजिक रहेका देवमणि दिक्षितले वि.सं. २०८६ मा रेडियो मगाएको देखिन्छ । आधिकारिक रुपमा नेपाल भित्रिएको यो सातौ रेडियो भएको बताईन्छ । नेपालमा रेडियो बजाउन सुरु भएता पनि रेडियो सेट राख्न कडा बन्देज भएकोले गर्दा सर्वसाधारणको पहुँचमा रेडियो थिएन । काठमाडौंका केही भाईभारदारहरुले सरकारको अनुमति लिएर रेडियो सेट राख्न सुरु गरेका थिए । दोश्रो विश्वयुद्ध र भारत छोडो आन्दोलनताका रैतीले रेडियो सुनेर भड्केलान् भन्ने डरले राणा सरकारले नागरिकका रेडियो सेटहरू जफत गरेको थियो । १९९८ को दशैँ अगाडि जुद्धशम्सेरले देश (काठमाडौ) मा भएका सम्पूर्ण रेडियो सेट जफत गराउँदा यसको संख्या ४०० वटा थियो रे !

२००७ सालको क्रान्तिपछि नेपालको शहरी क्षेत्रमा रेडियो राख्नेको संख्यामा केही वृद्धि भयो । रेडियो नेपालको स्थापनाले पनि रेडियो सुन्नेहरुको संख्या वृद्धि भयो । महँगो रेडियो, रेडियो चलाउने बिजुली र बैट्रिको अभाव र जानकारीको कमीले गर्दा गाउँघरमा रेडियोले प्रवेश पाउन भने गाह्रो भयो । शहर र विदेशबाट फर्केका केही व्यक्ति र साहु महाजनहरुले सोखको लागि रेडियो राख्न सुरु गरेपनि रेडियो राख्ने प्रक्रिया झन्झटिलो थियो । रेडियो ऐन २०१४ र रेडियो लाईसेन्स नियमावली २०१६ अनुसार लाईसेन्स लिएर र वार्षिक नविकरण गरेर मात्र घरमा रेडियो राख्न पाइन्थ्यो । घरमा रेडियो हुनु, काँधमा रेडियो झुन्ड्याएर गाउँ डुल्नुलाई सम्पन्नताको प्रतिक मानिन्थ्यो ।

रेडियो अर्थात बोल्ने बाक्सा सबैक लागि कौतुहलताको सामग्री हुने गर्दथ्यो । रेडियो भित्र कस्ता मान्छे बस्छन होला ? कसरी बोल्छन् होला भन्ने कुराले बालबालिकाहरुको मस्तिकमा झड्का दिन्थ्यो । ग्रामीण क्षेत्रमा रेडियो किनेर राख्न र नियमित रुपमा बजाउने क्षमता भएका मान्छेहरु नगन्य हुन्थे । विश्वयुद्धको समाप्तिपछि नेपाल फर्केका लाहुरेहरुले गाउँघरमा रेडियो ल्याउन थालेका थिए र पछि ब्रिटिस, मलाया र सिङ्गापुरेहरुले पनि गाउँमा रेडियो पु¥याए । भारतमा रेडियो लोकप्रिय हँुदै गएको र यसको स्वाद लिएका लाहुरेहरुले पनि नेपालका गाउँबस्तीहरुमा रेडियो घन्काए ।

लाहुरे भन्ने बित्तिकै हातमा टलक्क टल्किने घडी अनि काँधमा रेडियो धेरैको सम्झनामा आउँछ । अलि हुनेखाने लाहुरेले ठूलो टेपरिकर्डर समेत लिएर आए । बिबिसी, अल इन्डिया रेडियो, रेडियो मास्को, सीआराअई चिनिया रेडियो, रेडियो खर्सांङ्गका स्टेशन घुमाउँदै समाचार र गीतहरु घन्काएर गाउँलाई चकित मात्र पारेनन्, गाउँघरमा आफ्नो इज्जत समेत बढाए । बिहेवारीमा लाहुरेकै टेपले गाउँमा रमाइलो गराउँथ्यो । बिजुली नभएको र गाउँमा बैट्री नपाईने, सधै बैट्री किन्न नसकिने भएकोले सधै टेप बजाउन सम्भव पनि थिएन । त्यसैले प्रयोग गरेका बैट्रीहरु छानामाथि लहरै राखेर घाममा सुकाएर पटक पटक प्रयोग गरिन्थ्यो । काममा नआउने बैट्रीहरु स्कूलका कालोपाटी अनि घरका झ्याल ढोका रंगाउन प्रयोग गरिथ्यो । ब्याट्रीका छेउँका गोला चक्काहरू केटाकेटीले ढ्याक बनाएर खेल्ने गर्थे । यसरी लाहुरेका रेडियोले गाउँमा भरपुर आनन्द प्रदान गथ्र्याे ।

पछि सिंगापुरे, हङकङ र ब्रिटिस लाहुरेले खल्तीमा राखेर बजाउन मिल्ने वाकमेन भित्र्याए । वाकमेनले गाउँका युवा पुस्तालाई निकै मोहनी लगायो । कानमा एअरफोन राखेर गीत सुन्नको लागि लालायित युवा पुस्ताहरु निकै तयार थिए । कतिपय लाहुरेहरुले रेडियोको खर्च धान्न नसकेर गाउँका ठुलाबडालाई रेडियो बेचे, कतिले जुवा खेल्दा र भट्टीमा रेडियो अरुलाई बुझाए, कतिले मित लगाउँदा अरुलाई रेडियो उपहार दिए । यसरी लाहुरेबाट समुदायमा रेडियो सर्दै गयो । लाहुरेसँग माया लगाउदा रेडियो सुन्न पाइन्छ भन्दै लहस्सिनेहरु, लाहुरेलाई साथी बनाउँदा रेडियो ल्याईदिन्छ भनेर नजिक हुनेहरु, लाहुरेको घरमा बिहे गर्दा रेडियो दाईजो पाइन्छ भनेर केटी खोज्नेहरुको कथा लेख्न थाल्ने हो भने राम्रै उपन्यास नै तयार हुन्छ ।

दोश्रो विश्वयुद्धपछि विभिन्न देशबाट फर्केका लाहुरेहरुले रेडियो ल्याउन सुरु गरेपनि नेपालमा रेडियो ल्याउन र राख्न उनीहरुलाई त्यति सहज थिएन । रेडियो ऐन २०१४ अनुसार निश्चित प्रक्रिया पूरा गरेपछि मात्र रेडियो ल्याउन पाइन्थ्यो, जुन प्रक्रिया पूरा नगर्दा लाहुरेले ल्याएका रेडियोहरु भन्सारमै खोसिन्थ्यो । भन्सार कटाएर येनकेन गाउँमा रेडियो पु¥याए पनि स्थानीय शोषक र प्रशासनले विभिन्न बहानामा कब्जा गथ्र्यो । यो प्रक्रियाले लाहुरेहरुलाई समस्या पारेको आवाज उठेपछि रेडियो सम्बन्धी कानून लाहुरेहरुको लागि केही लचक गरिएको थियो । अर्थ मन्त्रालयले वि.सं. २०२४ असार १९ गते राजपत्रमा सूचना प्रकाशन गरी ब्रिटिस वा भारतीय लाहुरेले बिदामा आउँदा वा पेन्सन लिएर आउँदा झिटी गुन्टामा एकसेट रेडियो ल्याउन पाउने र त्यसको भन्सार नलिने व्यवस्था गरेको थियो । यो व्यवस्थाले धेरै लाहुरेहरुलाई नेपालमा रेडियो ल्याउन र आफन्तलाई दिन सजिलो भयो ।

पंचायतको उत्तराद्र्धमा रेडियो राख्नको लागि लाईसेन्स लिनुपर्ने बाध्यता हट्यो । सस्ता चाईनिज रेडियोहरु आउन थालेपछि गाउँवस्तीमा जताततै रेडियो घन्किन थाले । काँधमा रेडियो घन्काउँदै गाउँ घुम्ने लाहुरेहरु हराए । माओवादी द्वन्द्वले गर्दा गाउँमा टेप रिकर्ड बोकेर घुम्न छोडियो । रेडियोको रौनक हराएपछि लाहुरेको क्रेज पनि हरायो ।  तिलोत्तमा–८, रुपन्देही                  [email protected]

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?