ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बुटवलमा ३ दिने दोस्रो नृत्य दिवस हुने

नाट्य शिरोमणि भैरव बहादुर थापालाई सम्मान
२८ माघ २०७९, शनिबार
२८ माघ २०७९, शनिबार

बुटवल, २८ माघ ।

दोस्रो राष्ट्रिय नृत्य दिवस २०७९ को अवसरमा लुम्बिनी प्रदेशमा विविध कार्यक्रम गरी मनाईने भएको छ । नृत्य हाम्रो अभियान कला र संस्कृतिको पहिचान नारासहित स्थापना भएको नृत्य निर्देशक संघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा फागुन ४ देखि ६ गतेसम्म ३ दिन बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवलमा रक्तदान, जुमा नृत्य, सास्कृतिक नृत्य तथा सम्मान कार्यक्रम गरी मनाईने प्रदेशका उपाध्यक्ष सुन्दर गुरुङले बताए ।

पहिलो दिन रक्तदान कार्यक्रम, दोस्रो दिन केन्द्रीय अध्यक्ष भुवन श्रेष्ठको जुमा र डान्स, दिउँसो सास्कृतिक नृत्यहरु गरिने उनले बताए । बुटवल उपमहानगरपालिका आदिवासी जनजाती महासंघ, जिल्ला समन्वय परिषद रुपन्देही, तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला समिति रुपन्देही, चलचित्र पत्रकार संघ रुपन्देहीको सहयोग रहेको छ । तीन दिनसम्म चल्ने कार्यक्रममा १३ लाख खर्च हुने अनुमान आयोजकको छ । पहिलो नृत्य दिवस भक्तपुर ठिमी नगरपालिकाको आयोजनामा भएको थियो । जसमा पालिकाबाट १५ लाख खर्च बिनियोजन गरिएको थियो । रुपन्देहीका विद्यालयहरुबाट सहयोग भएको उनले बताए । कलाकारलाई गहना भन्ने तर आवश्यक सहयोग नहुने गरेको उनले दुःखेसो गरे ।

कार्यक्रममा संघका सल्लाहकार मनिष पन्तले लामो समयदेखिको तयारी गरी भव्य कार्यक्रम गर्न लागेको बताए । करिब ६ महिनाअघिबाट लुम्बिनी डान्स आईकनबाट तयारी शुरु गरेको उनले बताए । प्रत्येक जिल्लाबाट १० जनाको टिम आवश्यक तयारीमा लागेर नृत्य प्रदर्शन गरिने उनले बताए । कार्यक्रमको मुख्य आकर्षकको रुपमा नेपालका नाट्य शिरोमणि भैरव बहादुर थापालाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए ।

कार्यक्रममा प्रदेश उपाध्यक्ष मिना बुढाथोकीले सास्कृतिक नृत्य संरक्षणमा अघि बढेको भएपनि सरकारबाट सहयोग नमिलेको दुखेसो गरे । नेपालका नृत्य शिरोमणि ९१ वर्षीय भैरव बहादुर थापाको जन्म दिवस फागुन ६ गतेलाई नेपालमा आधिकारिक नृत्य दिवसको घोषणा हुनुपर्ने माग सरकारमा राखेको बताईन् । कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष मोहन न्यौपाने, संघका नगर अध्यक्ष माईकल दर्लामीले ब्यावसायिक कला क्षेत्रको विकासमा सरकारको भूमिका रहनुपर्ने बताए । प्रदेशका ९ जिल्लामा ५ सय सदस्यहरु आवद्घ छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?