ट्रेंडिंग:

>> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति

ज्येष्ठ नागरिकलाई गाउँपालिकाको उत्पादन ‘च्यावनप्राश’

२७ माघ २०७९, शुक्रबार
२७ माघ २०७९, शुक्रबार

रुपन्देही ।

यस क्षेत्रमा पहिलो पटक पाल्पा जिल्लाको रम्भा गाउँपालिकाले गाउँमै पाइने जडीबुटीबाट च्यावनप्राश उत्पादन गरेको छ । नागरिक आरोग्य सेवा केन्द्र र रम्भा गाउँपालिकाले गाउँमै पाइने विभिन्न खालका जडीबुटीबाट पौष्टिक आहार ‘च्यावनप्राश’ उत्पादन गरेको हो ।

पौष्टिक आहारका रूपमा प्रयोग हुने च्यावनप्राश गाउँमै पाइएका विभिन्न खालका जडीबुटीबाट तयार गरिएको सेवा केन्द्रका कविराज मिलन आचार्यले बताए । पालिकाभरिका ज्येष्ठ नागरिकलाई पौष्टिक आहारको रूपमा वितरण गर्ने गरी च्यावनप्राश उत्पादन गरिएको उनले जानकारी दिए ।

रम्भा गाउँपालिकाले उत्पादन गरेको च्यावनप्राश आयुर्वेदको चरक समीताको रसायन ग्रन्थमा टेकेर तयार गरिएको कविराज आचार्यले बताए । उत्पादन गरिएको च्यावनप्राशमा अमलासहितका ४४ वटा जडीबुटीको मिश्रण रहेको छ । मिश्रण गरिएका जडीबुटीको मापदण्ड तयार गरेर बनाइएको र यसको सेवनबाट स्वास्थ्यका लागि फाइदा हुने केन्द्रको भनाइ छ ।

हालसम्म ४०० किलोग्राम च्यावनप्राश उत्पादन भइसकेको पालिकाले जनाएको छ  । च्यावनप्राश उत्पादन तथा निर्माणका लागि पालिकाले आवश्यक बजेट खर्च गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले उल्लेख गरे । गाउँमा रहेका जडीबुटी तथा वनस्पतिबाट च्यावनप्राश उत्पादन गरेर ज्येष्ठ नागरिकलाई पौष्टिक आहारका रूपमा वितरण गरिएको उनले जानकारी दिए । बजारबाट खरिद गर्दा बढी मूल्य र गुणस्तरमा पनि समस्या हुने भएकोले कम लगानीमा पालिकाले नै उत्पादन गरेको उनको भनाई छ ।

उत्पादन भएको च्यावनप्राशको उपयोगले ज्येष्ठ नागरिकमा भएका बाथ रोग, श्वासप्रश्वास, टाउको दुखाई र चिसो लाग्ने समस्या समाधान गर्न सहयोग पुग्ने आयुर्वेदका चिकित्सकको भनाई छ । पालिकाले उत्पादन गरेको च्यावनप्राश हाल पालिकाभित्रका ज्येष्ठ नागरिकलाई वितरण गरिएको छ ।

पालिकाभित्रका ७० वर्षभन्दा माथिका एक हजार २८२ ज्येष्ठ नागरिकलाई च्यावनप्राश वितरण गर्ने योजना रहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तुजंग रानाले बताए । पालिकामै उत्पादन भएको च्यावनप्राशको प्रयोगबाट ज्येष्ठ नागरिकको स्वास्थ्यमा सकारात्मक परिवर्तन देखिने उनको विश्वास छ । व्यावसायिक रूपमा उत्पादन गर्ने भन्ने विषयमा भने हालसम्म कुनै योजना नरहेको पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?