ट्रेंडिंग:

>> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण

संघीय लोकतन्त्रको आधारस्तम्भ स्थापित भएको छ : राष्ट्रपति भण्डारी

२७ माघ २०७९, शुक्रबार
२७ माघ २०७९, शुक्रबार

काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय लोकतन्त्रको आधार स्तम्भ स्थापित भएको बताएकी छिन् । शुक्रवार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा शान्तिपूर्ण भूमिका खेल्ने नेपाल सरकार निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी तथा जनताहरूलाई धन्यवाद दिइन् ।

उनले नेपालको संविधान कार्यान्वयनको ७ वर्षको अभ्यास र अनुभव महत्त्वपूर्ण रहेको बताउँदै सङ्घीय लोकतन्त्रको आधार स्तम्भ स्थापित भएको उल्लेख गरिन् ।  उनले भनिन्– ‘संविधान कार्यान्वयन, सङ्घीय शासन व्यवस्था कार्यान्वयन र सञ्चालन र लोकतन्त्रको व्यवहारिक सुदृढीकरणका लागि हामीले अवलम्बन गरेका नीति निर्माण गरिएका कानुन र प्रक्रियागत सुधारका कारण राजनीतिक स्थायित्व कायम भएको छ । देशलाई यहाँसम्म ल्याइपुर्‍याउन जनताले विगतमा गरेको राजनीतिक संघर्षको स्मरण गर्दै यस घडीमा अग्रजहरूप्रति सम्मान र अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।’

उनले अघिल्लो सङ्घीय संसद् र हालको सङ्घीय संसद्ले आफूलाई काम गर्न सहयोग गरेकोमा धन्यवाद समेत व्यक्त गरिन् ।

राष्ट्रपतिले जैविक र रासायनिक मलको उचित प्रयोगमा ध्यान दिनुपर्ने बताइन् ।

राष्ट्रपतिले अर्थतन्त्रका सूचकमा केही सकारात्मक संकेत आए पनि खतरा नघटेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएकी छन् ।

राष्ट्रपतिले निश्चित खाद्यवस्तु तोकेर त्यसमा आत्मनिर्भर बन्नेतर्फ योजना बनाइनुपर्ने बताएकी छन् । राष्ट्रपतिले आत्मनिर्भर अर्थतन्त्रका लागि कृषिमै लगानी हुनुपर्ने बताएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?