Butwal Today

राष्ट्रियसभा उपाध्यक्षमा अर्यालको उम्मेदवारी दर्ता

२२ माघ २०७९, आइतबार
अ+
अ-

काठमाडौँ ।

रष्ट्रियसभा सदस्य उर्मिला अर्यालले राष्ट्रियसभा उपाध्यक्षको सोमबार हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकी छन् । अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ, देवेन्द्र दाहाल र  खिमलाल देवकोटा समर्थक रहेको संसद सचिवालयले जनाएको छ  । सोमबार हुने निर्वाचनका लागि सचिवालयले आइतबार उम्मेदवारी दर्ताको समय तय गरेको थियो ।