Butwal Today

घनश्याम भुसालको गाडी डिभाइडरमा ठोक्कियो

२० माघ २०७९, शुक्रबार
अ+
अ-

काठमाडौं,  २० माघ।

नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल सडक दुर्घटनामा परेका छन्।

शुक्रबार दिउँसो भुसालले चलाएको गाडी बानेश्वरस्थित डिभाइडरमा ठोक्किएको हो।

‘गाडी ठोक्किएपछि उहाँ केहीबेर बेहोस हुनुभएको थियो। अहिले अस्पतालमा उपचार भइरहेको छ, अवस्था सामान्य छ,’ भुसालनिकट गौतम राईले भने।

भुसाललाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ।