Butwal Today

नागरिक उन्मुक्तिद्वारा लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध

२० माघ २०७९, शुक्रबार
अ+
अ-

बुटवल, २० माघ ।

संघीय सांसद अरुणकुमार चौधरी पक्राउको विरोधमा नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । शुक्रबार बसेको प्रदेशसभाको पाँचौ बैठक नागरिक उन्मुक्तिले विरोध जनाएपछि १५ मिनेटका लागि स्थगित गरिएको छ ।

बैठक सुरु हुनासाथ नागरिक उन्मुक्ति पार्टीका सांसदहरुले आफ्ना सांसद पक्राउको विरोधमा आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए । त्यसपछि प्रदेशसभाका सभामुख वसन्त घर्तीले १५ मिनेटका लागि बैठक स्थगीत गरेका हुन् । शुक्रबार मात्रै प्रहरीले सांसद चौधरीलाई कारागार चलान गरेको थियो ।