ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

बुटवलमा दुई दिने सामूहिक इहि (बेलविवाह)

१२ माघ २०७९, बिहीबार
१२ माघ २०७९, बिहीबार

बुटवल, ११ माघ ।

नेवाः समुदायमा कन्या र बालकहरुको महत्वपूर्ण कर्मकाण्ड इहि (बेलविवाह)र क्यटा पुजा (ब्रतबन्ध) सामुहिक रुपमा बुटवलमा शुभारम्भ भएको छ । श्री नेवाः सेवा समितिको आयोजनामा देविनगरस्थित भुुपुसैनिक क्लबमा बुधबारदेखि पुजा सुरु भएको हो । नेवाः जातीमा बालिका रजश्वला हुनु अगाडी इही गराउने प्रचलन छ । कार्यक्रमको पुर्वसन्ध्यामा बुटवलमा नेवार कन्या र अगुवाहरुको सहभागितामा झाकीसहितको ¥याली निकालिएको छ । धिमेबाजा सहित निस्केको ¥यालीले देबीनगर चौपारी, समितिको कार्यालय आसपासका क्षेत्रहरु परिक्रमा गरि भूपु सैनिक क्लब परिसरमा पुगेर पुजा प्रारम्भ गरिएको थियो । रुपन्देही जिल्लाहरुबाट ७५ जना कन्याहरुको सहभागिता रहेको र केयता (ब्रतबन्ध) का लागि १० जना बालकहरु सहभागी रहेको आयोजक नेवाः सेवा समितिका अध्यक्ष चिरन्जिबी श्रेष्ठले बताए । सामुहिक रुपमा गरिने कार्यक्रमबाट नेवार समुदायमा भाईचारा विकास हुनुको साथै नेवारी परम्परामा एकरुपता आउने र संरक्षण हुने उनले बताए । ‘यसबाट अभिभावकलाई आर्थिक भारसमेत कम हुन्छ ।’–उनले भने ।

इहि र क्यटा पुजाका लागि भक्तपुरबाट नेवाः पुजारी हरिशरण राजोपाध्याय र पद्मा राजोपाध्यायले नेवारी विधि अनुसार दुई दिनसम्म विशेष पुजा गर्ने अध्यक्ष श्रेष्ठले बताए । इ भनेको नेपाल भाषामा समय हो र हि भनेको रगत हो अर्थात रगत देखापर्नु अगाडी गर्नुपर्ने संस्कार नै इहि संस्कार हो । नेवार कुलमा जन्मेकी छोरीको तीनपटक विवाह हुन्छ । रजस्वला हुनुअघि नै पहिलो बिहे गरिन्छ, भगवान् विष्णुको प्रतीक सुवर्णकुमारसित अर्थात विष्णुको प्रतिक बेललाई मानेर बेलबिबाह गरिन्छ । यसलाई नेवार भाषामा इहि भनिन्छ । इहिपछि बाःराः तयेगु (गुफा राख्ने) गरिन्छ । यस क्रममा सूर्यदर्शन अर्थात् सूर्यसग विवाह हुन्छ भने तेस्रोपटक वर (पुरुष) संग विवाह हुन्छ । यसैगरि छोरालाई गरिने बुँसँखा संस्कारलाई चुडाकर्म पनि भनिन्छ । बालकको शिरमा कपाल खौरेर टुप्पीमात्र बाकी राखि कान समेत छेड्ने कार्य समेत यस संस्कारमा हुन्छ । यस संस्कारमा बालकलो फूपू र मामाको अहम भूमिका हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?