ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

अघोषित लोडसेडिङ अन्त्य गर

५ माघ २०७९, बिहीबार
५ माघ २०७९, बिहीबार

केही सातायता रुपन्देहीमा छिनमै बिजुली आउने र क्षणभरमै जाने क्रम बढेको छ । यसलाई अघोषित लोडसेडिङ मान्ने हो भने रुपन्देहीका उद्योगीहरु यसबाट प्रभावित हुन थालेका छन् । रुपन्देहीका ठूला उद्योगहरु विजुलीको यो अनियमितताले उत्पादनमा कटौती गर्न बाध्य वनेका छन् । औद्योगिक क्षेत्र र खासगरी भैरहवा भुमही सडकमा स्थापना भएका ठूला उद्योगहरु अघोषित लोडसेडिङबाट धेरै प्रभावित हुन थालेको उद्योगीहरुको गुनासो छ । विद्युत प्राधिकरण यस विषयमा अहिलेसम्म मौन छ । विजुली नपुगेको हो भने स्पष्टरुपमा आम उपभोक्तामाझ भन्नसक्नुपर्दछ कि बिजुली पुगेको छैन, त्यसैकारण विजुली आउने जाने भैरहेको छ । होइन भने यस प्रकारको अघोषित लोडसेडिङले उद्योगी व्यवसायीलाई गंभीर धक्का लाग्दछ । खासगरी ठूला उद्योग जसले उच्च विजुलीको प्रवाहमा उपकरणमा ताप उत्पन्न गर्नुपर्दछ ती उद्योग विजुली आउने भैरहँदा उनीहरुलाई समस्या हुने गरेको छ । तसर्थ लोडसेडिङ गर्नुपर्ने हो भने प्राधिकरणले स्पष्ट गर्नुपर्दछ । होइन भने यस प्रकारको विजुलीको अनियमितताले केवल समस्यामात्रै निम्त्याउने छ । अघोषित लोडसेडिङले उपभोक्तालाई दिक्क त बनाएको छ नै विद्युतीय उपकरण बिग्रने जोखिम पनि बढाएको देखिन्छ । विद्युत् प्राधिकरण भने अहिलेसम्म यस विषयमा कुनै जवाफ दिन आवश्यक ठानेको छैन । एकातिर बर्षात यामममा नेपालमा बढी उत्पादन भएको बिजुली भारत निकासी गरेर बैदेशिक मुद्रा आर्जन गर्छ तर एक महिना नहुँदै फेरी नेपालमा विजुली अपुग भन्दै अघोषित लोडसेडिङ गरिन्छ । यो कस्तो प्रकारको विजुली खपतको तादात्म्य हो ? जनताले प्रश्न गर्न थालेका छन । नेपालमा अहिले भैरहेको अघोषित लोडसेडिङ भारतलाई बिजुली बेचेकाले नेपालमा आपूर्ति अनियमित भएको र त्यसैका कारण समस्या बढेको उद्योगीहरुको पनि तर्क छ । जेहोस जसरी भएपनि नेपालका उद्योगीलाई आवश्यक विजुली प्रवाह गर्न नेपाल विद्युत प्राधिकरणको ध्यान जाओस् । त्यसै त नेपालमा आर्थिक संकट छ । भएका उद्योग कारखाना वन्द अवस्थामा छन । त्यसमाथि अघोषित लोडसेडिङ र विद्युत अनियमितताले समस्या उत्पन्न भैरहेको छ । हिउँदमा यो अवस्था छ भने गर्मीयाममा के होला ? विद्युत प्राविधकरणले अहिले नै यसको आँकलन गरेर उद्योग क्षेत्रलाई लोडसेडिङ मुक्त गराउनेतर्फ प्रयास गर्नुपर्दछ । त्यसो त बर्षातको समयमा नदीमा पानी बढ्दा विद्युत् उत्पादन पनि त बढ्छ । नेपाल विद्युत् प्राधिकरणकै लापरवाहीका कारण विद्युत् आपूर्ति अनियमित भएको भने यथार्थ हो । विद्युत् आपूर्तिमा देखिएको अनियमितताको प्रकृति हेर्दा वितरणमा प्रयोग भएका कमसल उपकरण यसको प्रमुख कारण ठानिएको छ तर प्राधिकरण यो स्वीकार गर्दैन ।

अहिलेसम्म नेपालको विद्युत क्षेत्रमा सरकारको एकाधिकार छ । यसमा नीजि क्षेत्रलाई संलग्न गराउने हो भने निश्चितरुपमा सुधारको गुञ्जाईस हुनेछ तर सरकार यो मान्न तयार छैन । वितरणमा प्राधिकरणको एकलौटी भएकाले जनतासँग छान्ने सुविधा छैन । तर, यही कारणले राज्यको स्वामित्व भएको प्रधिकरणले यसरी जनतालाई समस्या दिनुचाहिँ कदापि न्यायोचित होइन । विद्युत अनियमितताको कारण जेसुकै भएपनि उद्योग क्षेत्रलाई विद्युत् आपूर्ति विना कुनै अवरोध दिनु जरुरी छ । नेपालको उद्योग क्षेत्रले रोजगारीमा करिव ४० प्रतिशत बढीको योगदान दिएका छन । तसर्थ सरकारले यो विषयमा भैरहेको अवरोध समाधानमा ढिलाई नगरोस् । आपूर्ति कम भएकै कारण वितरणमा समस्या भएको हो भने उपभोक्तालाई त्यसको यथार्थ जवाफ दिनुपर्दछ । समस्या नै हो भने विद्युत् कटौतीको कार्यतालिका नै सार्वजनिक गर्नुपर्दछ । तर, यसरी अघोषितरुपमा विद्युत अनियमित गर्नु कदापि राम्रो होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?