ट्रेंडिंग:

>> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा

विश्व आर्थिक मन्दीको बाछिटा

४ माघ २०७९, बुधबार
४ माघ २०७९, बुधबार

विश्व अर्थतन्त्र मुद्रास्फीति, उच्च ब्याजदर र लगानीमा आएको संकुचन तथा रुस–युक्रेन युद्धले निम्त्याएको अवरोधका कारण कमजोर वन्दै गएको बेला नेपालको अर्थतन्त्र नयाँ सरकार निर्माण भएसंगै आशातीत वनेको छ । हालै विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनले नयाँ बर्ष सन. २०२३ मा विश्व अर्थतन्त्र मन्दीतर्फ जाने संकेत गरेको छ । कोभिड–१९ संक्रमणले थपेको चुनौती र भौगोलिक सम्बन्धको उतारचढावले अर्थतन्त्रका यी पछिल्ला समस्या बढाएको प्रतिवेदनको निष्कर्ष छ । विश्व अर्थतन्त्र मन्दीतर्फ गएपनि दह्रो इच्छाशक्ति र ठोस योजना वनाउने हो भने नेपालले मन्दीको सामना गर्नु नपर्ने नयाँ सरकारको प्रतिवद्धताले देखाएका आधार हुन । प्रतिवेदन अनुसार ८० वर्षपछि पहिलोपटक विश्व अर्थतन्त्र एकै दशकमा दुईपटक मन्दीतर्फ जाने अवस्था सिर्जना भएको हो । आगामी दुई वर्षमा उदीयमान बजार र विकासोन्मुख अर्थतन्त्रको प्रतिव्यक्ति आम्दानी औसत २.८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । यो सन् २०१० देखि २०१९ को अवधिको तुलनामा न्यून हो । विश्वकै धेरै गरिब रहेको अफ्रिकी क्षेत्रको प्रतिव्यक्ति आय भने केवल १.२ प्रतिशतले मात्र बढ्ने प्रक्षेपण छ, जसले गरिबी बढाउने प्रतिवेदनमा उल्लेख गरिएको छ । खासगरी अत्यधिक ऋण दायित्व र कमजोर लगानी अवस्थाका कारण उदीयमान र विकासोन्मुख मुलुकले बहुवर्षीय सुस्त वृद्धिको सामना गर्नुपर्ने प्रतिवेदनको निष्कर्षले नेपालमा पनि चिन्ता बढेको छ तर मन्दीलाई सामना गर्न सक्ने आर्थिक संयन्त्रको प्रवाहले त्यो चुनौति सामना गर्न सकिने विश्वास छ ।

विकसित अर्थतन्त्रको आर्थिक वृद्धिदर सन् २०२२ को २.५ प्रतिशतबाट सन् २०२३ मा ०.५ प्रतिशतमा झर्ने प्रक्षेपण छ । विश्व अर्थतन्त्रमा देखिएको यस्तो न्यून वृद्धिदरले विश्वव्यापी मन्दीको संकेत गरेको छ । प्रतिवेदन अनुसार सन् २०२३ मा संयुक्त राज्य अमेरिकाको आर्थिक वृद्धिदर ०.५ प्रतिशतमा सीमित हुनेछ, जुन सन् १९७० को मन्दीपछिको सबैभन्दा कमजोर वृद्धिदर हो । त्यस्तै युरोपको समग्र वृद्धिदर १.९ प्रतिशत, चीनको वृद्धिदर ४.३ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । विश्व आर्थिक मन्दीको प्रक्षेपण सार्वजनिक भैरहँदा नेपालले मन्दीबाट उन्मुक्तिको आधार तयार गर्न सक्नुपर्दछ । नेपाल राष्ट्र वैंकले अहिले रेमिटान्समा भारी बृृद्धि भएको देखाएको छ । शोधनान्तरको विगतको घाटा र आयातमा भारी बृद्धिको समस्या न्यून भएकोले तत्कालै मन्दीको असर नेपालले बेहार्नु नपर्ने ठानिएको छ । विदेशी मुद्रा सञ्चितीमा अहिले सुधार आउँदै गरेको छ । गत बर्षको सोही अवधीमा भएको गिरावटको प्रत्यक्ष असर बजारमा परेको थियो । यद्यपि राष्ट्र वैंकले गत साता सार्वजनिक गरेको तथ्याँकले बजार मूल्य सात प्रतिशतभन्दा माथि रहने जनाएको छ । राष्ट्रबैंकको यो प्रक्षेपणले नेपाली उपभोक्ता महंगीको मारमा पर्ने निश्चित छ । मूल्य नियन्त्रण बढीमा सात प्रतिशतमा सीमित गर्ने योजना रहेपनि अन्ततः नेपाली जनता महंगीको कडा मारमा पर्न विवस हुने राष्ट्र बैंकको तथ्याँक छ ।

अहिलेपनि बजार उपभोक्ताको नियन्त्रणमा छैन । मूल्य बृद्धि नियन्त्रण गर्न नसक्दा सर्वसाधारण जनता ठूलो मारमा परेका छन् । अर्कोतर्फ पुँजीगत खर्चमा भारी कम आउँदा पनि त्यसको प्रत्यक्ष असर बजारमा पर्दछ । जनताको क्रय शक्तिमा गिरावट आउँछ । पेट्रोलियममा भएको भारी बृद्धि नियन्त्रण गर्ने कुनै संयन्त्र छैन । न सरकार पेट्रोलियम बृद्धिबाट भएको मूल्य बृद्धि सन्तुलनमा राख्न कुनै कदम अघि बढाउँछ । स्वचालित प्रणाली लागू गर्ने कुरा हावामै सीमित भएको छ । नेपाल राष्ट्र वैंकले बजारको अवस्था जे छ त्यो सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गरेको छ । अव सरकारमाथि मूल्य नियन्त्रण गर्ने चुनौति छ । नयाँ सरकार निर्माण हुनासाथ जनताले सर्वाधिक चासो राख्ने विषय भनेकै वजार र मूल्य नियन्त्रण हो । तसर्थ विश्व आर्थिक मन्दीका वीचमा पनि नेपालले त्यसको प्रभाव र बाछिटा पर्न नदिन समयमै प्रभावकारी उपायको खोजी गर्नु जरुरी छ । नयाँ सरकार भर्खरै निर्माण भएकोले सरकारको प्राथमिकता नेपालको आर्थिक स्थितिलाई कसरी बलियो वनाउने भन्ने नै हुनुपर्दछ । सरकारले यस विषयमा नयाँ कार्ययोजना समेत सार्वजनिक गरिसकेकोले नेपाली जनताले सुधारको अपेक्षा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?