ट्रेंडिंग:

>> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ
विशेष समाचार

नागरिकको पीडामा रमिते बन्दै लुम्बिनी प्रदेश सरकार

३ माघ २०७९, मंगलवार
३ माघ २०७९, मंगलवार

बुटवल, ३ माघ ।

कोरियाबाट फर्किएर झिमरुक गाउँपालिका १ प्यूठानका विजय जिसीले बुटवलको देवीनगरमा सुपर मार्केट सञ्चालन गरे । विदेशबाट फर्किएपछि स्वदेशमै केही गरौँ भन्ने आशाले उनले व्यवसायमा हात हालेका हुन् । तर, सुपर मार्केट सञ्चालन गरे लगत्तै कोभिड बढ्यो । व्यवसायले सोँचेजस्तो प्रतिफल दिन सकेन । बैंकको व्याज बुझाउन पनि हम्मे हम्मे प¥यो । सुपर मार्केट अन्ततः बन्द गर्ने निर्णयमा पुगे ।

जिसी यत्तिकै खाली समय बस्न सकेनन् । फेरि केही महिनापछि बैंकबाट ऋण लिएर बेलवासमा फर्निचर उद्योग सञ्चालन गरे । फर्निचर उद्योग पनि कोरोनाकै समयमा थियो । कोरोनाको थिचोमिचोमा परेका जिसीलाई फर्निचर उद्योगबाट पनि अपेक्षाकृत सफलता मिलेन । सञ्चालनमै समस्या देखिएपछि यसलाई पनि उनले बन्द गरे ।

सुपर मार्केट र फर्निचर उद्योग चलाउँदा उनलाई बैंकको व्याज तिर्न हम्मेहम्मे हुन थाल्यो । बैंकको ऋण चुक्ता गर्न र पहिलेकै अवस्थामा फर्किन उनीसँग एउटा मात्रै उपाय थियो, आफूले कोरियामा मजदुरी गरी कमाएर लिएको पैसाले दाङको देउखुरीमा किनेको जग्गा बिक्री गर्ने । तर, जिसीले दुई वर्षदेखि राप्ती उपत्यका देउखुरीमा आफ्नो नाममा भएको जग्गा किनबेच गर्न पाएका छैनन् ।

०७७ साल असोज २० गते लुम्बिनी प्रदेशको स्थायी राजधानी उनै जिसीको जग्गा भएको क्षेत्रतिर संसद्को दुई तिहाई बहुमतले तोक्ने निर्णय ग¥यो । राजधानीको जग्गा व्यवस्थापन बन्दै राजधानी तोकिए लगत्तै यस क्षेत्रमा जग्गा किनबेच गर्न नपाउने गरी प्रदेश सरकारले निर्णय ग¥यो । ‘राजधानीले नागरिकहरुलाई सहजता होला भन्दा झनै समस्या निम्तायो’, ३४ वर्षीय जिसीले भने, ‘यसरी वर्षौसम्म व्यक्तिको जग्गा रोकिएर सरकारले प्रदेशको समृद्धिको सपना कसरी पुरा गर्न सक्छ ?’ जग्गा किन्नका लागि थुप्रै आफन्त, इष्टमित्र र साथीसंगीहरुले आफूलाई सम्पर्क गरेपनि प्रदेश सरकारको नागरिक हित विपरितको निर्णयले समस्या भइरहेको उनले दुःखेसो पोखे । जिसीजस्तै सयौँ नागरिकहरुले आफूले चाहेको जग्गा किनबेच गरेर समस्या सुल्झाउन पाएनन् ।

विजय जिसी जस्तै सयौँ नागरिक अहिले दैनानदिन पीडामा छटपटिएका छन् । राप्ती गाउँपालिकाको पुरै क्षेत्र (वडा नम्बर १ देखि ९) र गढवा गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा पर्ने जग्गा २७ महिना देखि जग्गाधनीले किनबेच गर्न पाएका छैनन् ।

  • तत्कालिन मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी (सोनाम) को कार्यकालमा स्थायी राजधानी क्षेत्रको जग्गा किनबेचमा रोक लगाइएको हो । अहिले एमालेका नेता लिला गिरी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । नयाँ बस्ने मन्त्रिपरिषद्को बैठकले रोक्का भएको जग्गा फुकुवा गर्ने खबर सुनेपनि यस क्षेत्रका नागरिकहरु त्यति विश्वस्त नभएको प्रतिक्रिया दिन्छन्।

जग्गा फुकुवा आज होला, भोली होला भन्ने आशा आशामै नागरिकको दिन गुज्रिरहेको छ । छोराछोरीको विहे, जटिल स्वास्थ्य समस्या भएका नागरिकहरुले उपचार गर्न, सन्तानलाई राम्रो विद्यालयमा पढाउन र बस्ने घर बनाउन नपाएको लगायतका समस्या यस क्षेत्रका नागरिकहरुले सुनाउँदै आएका छन् ।

बैंकमा करोडौँ ऋण भएका नागरिकहरुलाई जग्गा रोक्का हुँदा मानसिक पीडामा पर्न थालेको राप्ती गाउँपालिका वडा नम्वर १ का निवर्तमान वडाअध्यक्ष एवं राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष तारा बहादुर डिसीले सुनाए । ‘तत्काल जग्गा रोक्का फुकुवा नभए आन्दोलनमा जान्छौँ’, डिसीले भने, ‘बैकिङ कारोवार हुन नपाउँदा व्यवहार मिलाउन पाइएको छैन् । ऋण तिर्न ऋण खोज्नुपर्ने बाध्यता प्रदेश सरकारले कहिलेसम्म गराउने हो ?’

आफ्नो नाममा भएको सम्पत्ती धितोमा राख्न पाउनुपर्ने अधिकारलाई प्रदेश सरकारले बञ्चित गर्न नहुने उनको सुझाव छ । ‘प्रदेशको गुरुयोजना बनेपछि जग्गा फुकुवा हुन्छ भनियो’, डिसीले भने, ‘दुई वर्ष बढी समय भइसक्यो तर कहिले के कहिले के भन्दै जनतालाई झुक्काइएको छ ।’ उनले नागरिक तहबाटै आन्दोलन गर्न सरकारले बाध्य नबनाउन समेत सुझाव दिए । मुटुका, किड्नीका विरामी, छोराछोरीको विवाह र छोराछोरीलाई विदेश पढ्न पठाउने अभिभावकहरु धेरै समस्यामा परेको र धेरै समस्या आफूले देखेको उनले सुनाए ।

जग्गा फुकुवाको विषयमा दिनहुँ नागरिकहरुले सोध्ने गरेको मालपोत कार्यालय लमहीका मालपोत अधिकृत मान बहादुर कुँवरले प्रतिक्रिया दिए । ‘मन्त्रिपरिषद्को निर्णयले रोकेको जग्गा मन्त्रिपरिषद्कै निर्णयबाट मात्र फुकुवा हुने हो’, कुँवरले भने, ‘अहिलेसम्म प्रदेश सरकारबाट निर्णय भएको कार्यालयलाई जानकारी छैन ।’ वर्षौसम्म व्यक्तिको जग्गा किनबेचमा रोक्का गरेर लुम्बिनी प्रदेश सरकार नागरिकको पीडामा रमिते बनेको गुनासो छ ।

तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलको कार्यकालमा स्थायी राजधानी क्षेत्रको जग्गा किनबेचमा रोक लगाइएको हो । अहिले एमालेका नेता लिला गिरी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्ले अझै पूर्णता पाएको छैन । नयाँ बस्ने मन्त्रिपरिषद्को बैठकले रोक्का भएको जग्गा फुकुवा गर्ने खबर सुनेपनि यस क्षेत्रका नागरिकहरु त्यति विश्वस्त नभएको प्रतिक्रिया दिन्छन्।

प्रदेश राजधानीका लागि पूर्वाधार निर्माण गर्न जग्गा एकीकरणको प्रक्रिया तीव्र रुपमा अघि बढेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइयो) इन्जिनियर छविराज पोखरेलले जानकारी दिए । ‘वडास्तरमा समिति गठन गरेर उपभोक्ता समिति निर्माण हुँदैछन्’, पोखरेलले भने, ‘माघको २० गतेसम्म फिल्डको काम सकिन्छ, असारसम्म डिपिआर बन्छ र अर्को आर्थिक वर्षदेखि प्राथमिकतामा आधारमा भवन निर्माण सुरु हुन्छ ।’ पोखरेलले सात सय विगाह क्षेत्रफल जग्गा एकीकरणको प्रक्रियामा रहेको जानकारी गराए । जग्गा एकीकरणका लागि प्राधिकरण मातहत छुट्टै आयोजना कार्यालय समेत स्थापना गरिएको छ । रोक्का भएको जग्गा फुकुवाका लागि अघिल्लो सरकारलाई नै विज्ञको सुझाव सहितको प्रतिवेदन पेश गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?