ट्रेंडिंग:

>> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो

गोपाल गुरुङ बचाउ अभियान सुरु

३ माघ २०७९, मंगलवार
३ माघ २०७९, मंगलवार

बुटवल, ३ माघ ।

सुस्ता बचाउ अभियानका अभियान्ता गोपाल गुरुङको उपचारका लागि गोपाल गुरुङ बचाउन अभियान सुरु गरिएको छ । पश्चिम नवलपरासीको सुस्ताको नेपाली भूमि भारतीय पक्षले अतिक्रमण गरेपछि गोपाल गुरुङले सुस्ता बचाउन अभियान सञ्चालन गरेका थिए । नेपाली भूमि बचाउन भारतीय ज्यादतीविरुद्ध लड्दै आएका गोपाल गुरुङ अहिले विरामी छन् ।

अकस्मात मस्तिष्क घात भएपछि गोपाल गुरुङको गत पुस ८ गतेदेखि भैरहवाको मेडिकल कलेजमा उपचार भैरहेको छ । ६२ वर्षीय गुरुङको अहिले भेन्टिलेटरमा राखेर उपचार भैरहेको गोपाल गुरुङकी छोरी प्रसन्द गुरुङले जानकारी गराइन् । उपचारका लागि आर्थिक समस्या भएको घरपरिवारले बताएपछि बुटवलबाट गोपाल गुरुङ बचाउन अभियान सञ्चालन गरिएको छ ।

गोपाल गुरुङको उपचारमा आर्थिक समस्या भएपछि लिट्स कलेजका प्रमुख वसन्तराज खनाल, लेखक तथा साहित्यकार दलबहादुर गुरुङ र पत्रकार श्यामलाल पोखरेलको अगुवाईमा गोपाल गुरुङ बचाउन अभियान सुरु गरिएको हो ।

गोपाल गुरुङको उपचारका लागि लिट्स कलेज बुटवलले रु १५ हजार, सिद्धबाबा मन्दिर विकास समिति पाल्पाले रु १५ हजार, बुटवलका लोकनाथ भुसालले रु ५ हजार, बेनप्रसाद थापाले रु ५ सय २५, गोपाल श्रेष्ठले रु ५ सय र कोपिला बुढाले रु ५ सय सहगोग गरेका छन् ।
गोपाल गुरुङको उपचारका लागि प्राइम बैंकमा १७२०००२१ पीइ नम्बर रहेको खाता सञ्चालन गरिएको छ । आर्थिक सहयोग गर्न इच्छुक सहयोगदातालाई बैंकको खातामा मात्र पैसा जम्मा गरिदन गोपाल गुरुङ बचाउ अभियानका संयोजक बसन्तराज खनालले आग्रह गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका गुरुङका परिवारले अहिलेसम्म सरसापट गरेर उपचारमा करिब ६ लाख बढी खर्चेका छन् । आईसियूमा उपचारबाट निको नभएपछि गुरुङको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै सहयोगका लागि गोपाल गुरुङकी छोरी प्रसन्त गुरुङले सबैलाई आग्रह गरेकी छन् । देशको भूमि जोगाउन जीवन मरणको लडाई लड्दा पनि राज्य पक्षले केही सहयोग नगरेको भन्दै गुरुङी छोरी प्रसन्द गुरुङले गुनासो गरेकी छन् ।

देशको भूमि बचाउन लड्दै आएका गोपाल गुरुङ अहिले आफैलाई बचाउन आग्रह गर्दापनि राज्यले उपचारमा सहयोग नगरेकाले आर्थिक जुटाउन अभियान चलाईएको गोपाल गुरुङ बचाउ अभियानका सदस्य दलबहादुर गुरुङले बताए ।

नेपाल प्रहरीको हवल्दार सेवाबाट अवकाश प्राप्त गुरुङ २०५५ सालदेखि सुस्तामा बसेर भारतीय अतिक्रमणविरुद्ध अभियान नै चलाएका थिए । २०६२ सालदेखि भारतीयले सुस्ता अतिक्रमणलाई तीव्रता दिएपछि सोही २०६२ साल जेठ १७ गते गुरुङले सुस्ता बचाउ अभियान नामक समिति गठन गरेर अतिक्रमणविरुद्व अभियानमा लागेका थिए ।

भारतीय अतिक्रमणबारे नेपाल सरकारलाई पटक–पटक लिखित रुपमा जानकारी गराएका गुरुङलाई भारतीय सुरक्षाकर्मीले झुटा मुद्दा लगाएर बगाहा जेलमा एक वर्ष थुनेको थियो । अतिक्रमणविरुद्ध भारतीय पक्षको विरोध गर्दा गोपाल गुरुङलाई धेरैपटक ज्यान मार्ने धम्की पनि खेपेका थिए । आफ्नो भूमि जोगाउन लामो समय लडेका उनै गुरुङ अहिले उपचार विरामी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?