ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु
२८५९ औ सोनाम ल्होछार

सप्ताहब्यापी कार्यक्रमसहित तामाङ नयाँ वर्ष मनाइने

२ माघ २०७९, सोमबार
२ माघ २०७९, सोमबार

बुटवल, २ माघ ।

तामाङ नयाँ वर्ष २८५९ औ सोनाम ल्होछारको पर्वको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले सप्ताहब्यापी कार्यक्रम गरी मनाईने भएको छ । सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी गराइएको हो । कार्यक्रम अन्तर्गत माघ ४ गते रक्तदान, माघ ६ पुष्पलाल पार्कमा दिप प्रज्वलन, ८ गते पुष्पलाल पार्कदेखि शान्तिपद यात्रा, तामाङ पुजासंगै शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाउने जिल्ला अध्यक्ष राजेश घिसिङले बताए ।

वि.सं. २०५८ सालमा स्थापना भई तामाङ जातीलाई एकतावद्ध गरी रचनात्मक कार्यक्रम गर्दै आएको उनले दाबी गरे । ‘युवापुस्तालाई तामाङ भाषा लिपि सिकाउने, धर्मसंस्कार, भेषभुषा संरक्षणका लागि विविध कार्यक्रमहरु गर्दै आएको छौ’– उनले भने ।

कार्यक्रममा घेदुङका केन्द्रीय सदस्य विरबहादुर लामाले सबै जातिको आ–आफ्नै ईतिहास भएको भन्दै त्यसमा पनि तामाङहरु उत्कृष्ट र वैज्ञानिक संस्कृति, रितिरिवाज अपनाउने जातिमा पर्ने दाबी गरे । नेपालमा २०१३ सालमा संस्थागत रुपमा देशभर संगठित भएर काम भएको उनले बताए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष विरमान लामाले रुपन्देहीमा सानो संख्यामा रहेका तामाङहरुबाट जातिय पहिचानसंगै सामाजिक कामहरु गर्दै आएको बताए । मन्जुश्रीले उपत्यका बस्तिलाई बस्न योग्य बनाउँदादेखि नै तामाङ काठमाडौ वरपर बसोबास गर्दै आएको हुदा पनि उनीहरुको पहिचान भएको छ । नेपालका ९ वटा जिल्लामा तामाङहरु धेरै संख्यामा बसोबास गर्दै उनिहरुको चिनिएको उनले बताए । तामाङहरुको घरमा झण्डा राखेर पहिचान दिने, भाषा, संस्कृति संरक्षण गर्ने जस्ता कामहरु हुँदै आएको उनले बताए ।
लामोसमयको अन्तरालमा तामाङ जातिहरु आफनो मुल धर्म बुद्ध धर्म छोडेर बोन धर्मतर्फ आकर्षित हुदा केही समस्या उत्पन्न भएको उनले बताए । पछिल्लोसमय अधिकाशहरु पुरानै धर्ममा फर्किएको उनले बताए । नेपालमा तामाङहरु १ सय ६० भन्दा बढि थरहरु भने ३ प्रकारको भाषा बोल्छन् ।

कार्यक्रममा प्रदेश सचिव शम्भु मोक्तानले २२ वर्षको ईतिहास बोकेको संस्था भएको बताए । २८५९ औ मन्जुश्री सम्वतलाई तामाङ जातिहरुले विशेष शुभकामना आदानप्रदान गरी मनाउने बताए । यो वर्ष बाघ वर्गलाई बिदाई गर्दै खरायो बर्गलाई स्वागत गर्ने रुपमा मनाउन लागेको उनले बताए । पहाडमा शेर्पा, खाम मगरहरुसंगै तामाङहरु समेत मनाउदै आएको उनले बताए ।

कार्यक्रममा पुर्वअध्यक्ष कृष्ण बहादुर मोक्तानले स्वर्गीय नर्बु लामाको अगुवाईमा स्थापना भएको संस्था धेरै कठिनाईबाट गुज्रेर वर्तमान अवस्थामा आईपुगेको बताए । दुई वर्ष कोभिड १९ संक्रमणकै कारण रोकिएको उनले बताए । नेपालमा आफनै संस्कार, संस्कृति र पहिचान भएको तामाङहरु जातिगत एकता नभई संस्कार संस्कृति अप्नाउन कठिन भएको बेला स्थापना भएको उनले बताए । बोन धर्म चाईनाबाट आएको धर्म जुन तान्त्रिक विधि धर्म मानिन्छ भने बुद्ध धर्म पन्चशिलमा आधारित भएको हुदा यो मन्जुश्रीले स्थापित गरेका हुन । कार्यक्रममा युवा अध्यक्ष हसन्त लामा, संयोजक दिल बहादुर घिसिङले नया पुस्तामा तामाङ जातिको पहिचान र संस्कृति चिनाउन जरुरी रहेको बताए । देशभर र लुम्बिनी प्रदेशमा समेत तामाङहरु छरिएर रहेका छन । रुपन्देहीमा २ हजार ३ सय जनसंख्या रहेको अनुमान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?