Butwal Today

शाइन रेसुङ्गाको सिइओ प्रकाश पौडेलको कार्यकाल चार वर्ष थपियो

२ माघ २०७९, सोमबार
अ+
अ-

काठमाडौं ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश पौडेल पुनः नियुक्त भएका छन् । बैंकको पुस २९ गते अपरान्ह ५ बजे बसेको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा पुनर्नियुक्त गरेको हो । उनको अर्को चार वर्षे कार्यकाल माघ एक गतेदेखि नै लागु भइसकेको छ । उनको पहिलो कार्यकाल सफलतापुर्वक सम्पन्न भए पछि बैंकले अर्को एक कार्यकालका लागि पनि सिइओको जिम्मेवारी दिएको हो ।