ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

परासीमा बसपार्क बन्न चार वर्ष

२ माघ २०७९, सोमबार
२ माघ २०७९, सोमबार

नवलपरासी, २ माघ ।

जिल्लाको सदरमुकाम परासी स्थित निर्माणाधीन बसपार्क छिट्टै सञ्चालनमा आउने सरोकारवाला निकायले जनाएका छन् । विगत चार बर्षदेखि निर्माणाधीन अवस्थामा रहेको बसपार्क निर्माण कार्य अन्तिम चरणको काम सकिना साथ सञ्चालनमा आउने भएको हो ।

रामग्राम नगरपालिका वडा नं.४ केरवानी स्थित झरहीखोला किनारमा निर्माण भइरहेको बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रतिनिधि उमेश जैसवाल (गुप्ता) ले जानकारी गराए । बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ”–उनले भने, “एक महिना भित्रै बसपार्कको सबै काम सम्पन्न गरी हस्तानान्तरण गरिने छ । उनका अनुसार बसपार्कमा बस राख्ने स्थान, कार्यालय भवन, शौचालय, कम्पाउण्ड, उद्यान, प्रवेशद्वार, सुरक्षा गार्ड कक्ष लगायतका पूर्वाधार बनिसकेको छ । सबै पूर्वाधारहरुको रंगरोगन समेत भइसकेको हुँदा केहीदिनमै बसपार्कका सबै काम पुरा हुने उनको भनाई थियो । निर्माण कम्पनीले यही महिना भित्र शहरी भवन कार्यालयलाई जिम्मा लगाउने छ ।”

यसपछि बसपार्क कसरी सञ्चालनमा ल्याउने जिम्मेवारी सम्बन्धित कार्यालय र सरोकारवाला कार्यालयको रहने उनले बताए । बसपार्क सञ्चालनका लागि आवश्यक पूर्वाधार बनिसकेको छ । “बसपार्क सञ्चालन गर्ने निकायले आफ्नो तर्फबाट आवश्यक प्रकृया अगाडि बढाउन सके छिट्टै सञ्चालनमा आउन सक्छ”, उनले भने, “त्यसका लागि नगरपालिका, स्थानीय प्रशासन, यातायात ब्यवसायीहरुले क्रियाशिलता देखाउनु पर्छ ।” बसपार्क निर्माणले परासीबासीलाई पनि उत्साही बनाउने स्थानीय समाजसेवी राधेश्याम सिँह सैथवारले बताए ।

“शहरी तथा भवन निर्माण डिभिजन कार्यालयले आफ्नो कार्य सम्पन्न गरिसकेको जस्तो देखिएको छ”, उनले भने, “अब स्थानीय प्रशासनले पनि यस क्षेत्रका लागि आवश्यक सुरक्षा प्रवन्धमा लाग्नु पर्छ ।” बसपार्क नजिकै अब प्रहरी विटको पनि आवश्यकता रहेको छ । शहरी तथा भवन कार्यालय चितवनको लगानीमा विगत चार बर्षदेखि काम भइरहेको थियो । बसपार्क नहँुदा सदरमुकामा आउने जाने बस तथा यात्रुबाहक यातायातका सवारीसाधन राख्ने स्थानको समस्या देखिएको थियो । “अहिले पनि बसहरु सडक छेउँमै उभ्याउने गरिएको छ”, उनले थपे, “यसले बजार क्षेत्रमा दुर्घटना निम्त्याउने गरेको छ ।” अहिले पनि सडकको एक लेन बस तथा यातायातका साधनले नै ओगटेर बस्दा सो सडकमा आउजाउ गर्ने अन्य यात्रीलाई सास्ती हुने गरेको छ । पहिले बसपार्क थिएन । बस र यातायातका साधन कहाँ राख्ने भन्ने बहना थियो । अब बसपार्क बनिसके सरह भएको छ ।

स्थानीय प्रशासन र ट्रफिक प्रहरीले पनि अब यातायात ब्यवस्थापनमा चासो लिनुपर्ने उनले बताए । बसपार्क निर्माण पश्चात निजी क्षेत्र पनि उत्साही भएको उद्योग बाणिज्य संघका उपाध्यक्ष राजेश गुप्ताले बताए । “बसपार्क परासी बजारका लागि एउटा गहना जस्तै पूर्वाधार थपिएको छ”, उनले निर्माण भएको बसपार्क देखाउँदै भने, “यसलाई सञ्चालन गर्नमा अब निजी क्षेत्रको प्रतिनिधिमूलक सस्था उवासंघले पहल गर्ने छ ।” उनले थपे ,“बसपार्क बनिसक्यो, जिम्मेवार निकायले अब चाँसो लिएर सञ्चालन प्रकृया अब अगाडि बढाउनु पर्छ ।” झण्डै पाँच करोड लगानीमा बनेको उक्त बसपार्क सञ्चालनमा आएन भने बसपार्क बनेको अर्थ रहँदैन । यसका लागि पहिले यहाँका मध्य नेपाल यातायात ब्यवसायी सस्थाले नै चासो देखाउनुपर्ने उनको भनाई थियो ।

बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको र केही दिनमै सो बसपार्क शहरी भवन कार्यालयको मातहतमा आउने कार्यालयबाट खटिएका साईट प्राविधिक विरेन्द्र मण्डलले जानकारी गराए । कार्यालय मातहतमा आए पश्चात कार्यालयले सम्बन्धित सबै सरोकारवालासँग छलफल गरी सञ्चालनमा ल्याउने प्रकृया अगाडि बढाउने छ । “कम्तीमा एक बर्ष कार्यालयकै पहलमा बसपार्क सञ्चालन हुन्छ”, उनले भने, “त्यस पश्चात मात्र कुनै सरकारी वा गैरसरकारी संघसंस्थासँग सहकार्यमा सो बसपार्क सञ्चालन गरिने छ ।” बसपार्कले परासी बजारको अब्यवस्थित यातायातका साधनलाई ब्यवस्थित गर्नमा मद्दत पुर्याउने उनको भनाई थियो ।

परासीबाट महेशपुर, भैरहवा, त्रिवेणी, काठमाडौ, बुटवल जाने सवारीसाधनहरु छुट्ने गर्छन् । बसपार्कबाटै अब ती रुटमा चल्ने सवारीसधानहरु छुट्ने हुँदा बजारको चोक चोकमा जम्मा भइरहेका सवारीसाधन त्यहाँ रुक्न पाउँदैनन् । बसपार्कबाट सवारीसाधन छुट्ने र आ–आफ्नो रुटमा जाने हँुदा धेरैजसो बजार क्षेत्रको अब्यवस्थित ट्रफिक ब्यवस्थापन हुनेछ । “बाहिरबाट आएका सवारीसाधन पनि केही समय बजारमा रोक्न पर्यो भने पनि समस्या थियो”–उनले थपे, “तर एक दुई महिनामै ती समस्या समाधान हुने देखिएको छ ।” बसपार्कले केरवानी क्षेत्रमा बजारको समेत विकास हुने देखिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बसपार्क नजिकै एउटा शान्तिपार्क निर्माण गर्ने गरी वडा नं.८ का वडाअध्यक्ष महेन्द्र ठाकुरले प्रस्ताव अगाडि सारेका छन् । त्यसले गर्दा बसपार्कसँगै एउटा वनबाटिका सहितको पार्कले पनि सो क्षेत्रमा रौनक बढाउने उनले विश्वास ब्यतm गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?