Butwal Today

विमान दुर्घटनाको छानविन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन, शोकमा सोमबार बिदा

१ माघ २०७९, आइतबार
अ+
अ-

messenger sharing button
काठमाडौं । सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको छानबिन तथा जाँच आयोग गठन गरेको छ कि
बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो । उक्त आयोगलाई ४५ दिनको समय सीमा उपलब्ध गराइएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार सदस्यहरूमा हवाई विज्ञ अवकाश प्राप्त दीपक प्रकाश बाँस्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा छन् । सदस्य सचिवमा पर्यटनमन्त्रालयका बुद्धिसागर रहेका छन् ।

दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा अपनाउनुपर्ने विषयमा सुझावसहितको प्रतिवेदन बुझाउन आयोगलाई म्याण्डेट दिइएको मन्त्री पौडेलले बताए ।