Butwal Today

दुर्घटनाग्रस्त विमानबाट ४१ जनाको शव निकालियो

१ माघ २०७९, आइतबार
अ+
अ-
messenger sharing button

काठमाडौं। कास्कीमा आइतबार दुर्घटना भएको यति एयरलाइन्सको विमानमा सवारमध्ये ४१ जना निकालिएको छ।

 

उद्धारमा खटिएका एक अधिकारीका अनुसार २९ जनालाई अस्पताल पुर्‍याइएको छ भने १२ जनालाई खोँचबाट माथि निकाल्ने प्रयास भइरहेको छ। खोँचमा १२ जनालाई निकालेर राखिएको छ। उनीहरूलाई डोरीबाट माथि निकाल्ने प्रयास भइरहेको छ’, उद्धारमा खटिएका एक सुरक्षा अधिकारीले भने ।

२९ जनालाई भने अस्पताल पुर्‍याइएको छ। हालसम्म विमानबाट निकालिएका अधिकांशको मृत्यु भएको प्रारम्भिक आशंका गरिएको छ।

विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए।