ट्रेंडिंग:

>> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल

सियारीको १२ औं गाउँसभा सुरु

२९ पुष २०७९, शुक्रबार
२९ पुष २०७९, शुक्रबार

भैरहवा, ३० पुस ।

रुपन्देहीको सियारी गाउँपालिकाको १२ औं गाउँसभा सुरु भएको छ । गाउँसभामा पालिकाले हालसम्म गरेका कार्यहरुको समिक्षा तथा आगामी कार्यदिशाबारे बृहत रुपमा छलफल आरम्भ गरिएको छ ।

गाउँ सभाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले सियारीवासी नागरिकको समग्र हित र चाहना अनुरुप काम गर्दै जाने बताए । उनले नागरिकको असिमित चाहना र आवश्यकतालाई सिमित स्रोत र साधनबाट एकैपटक सम्बोधन गर्न सम्भव नभएपनि योजनाबद्ध तरिकाले सम्बोधन गर्दै जाने बताए ।

अध्यक्ष घिमिरेले सियारीको शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, विकास तथा पुर्वाधार बिकासमा चरणबद्ध रुपमा काम गर्दै आएको र यसलाई थप प्रभावकारी रुपमा अगाडि बढाउने उल्लेख गरे ।

अध्यक्ष घिमिरेले गाउँपालिका भित्र २ हजार ४ गाइ भैसिमा निशुल्क कृत्रिम गर्भाधान, दूध उत्पादन तर्फ प्रति लिटर २ रुपैया ५० पैसा नगद अनुदान, माछा उत्पादनमा ५ रुपैया अनुदान दिदै आएको उल्लेख गरे । विकास निर्माणका काममा पनि गाउँपालिकाले निरन्तर रुपमा काम अगाडि बढाएको बताए । उनले सियारी ४ को दयानगर र पश्चिम अमवमा खानेपानी तथा सरसफाइ योजनामा पाइपलाइन विस्तार, बिभिन्न स्थानमा सडक निर्माण तथा कालोपत्रे लगायतका कामहरु भईरहेको बताए ।

गाउँपालिका उपाध्यक्ष तारा थारुले पालिकाको समग्र विकासका लागि जनप्रतिनिधि र कर्मचारी सबै मिलेर काम गर्नु पर्नेमा जोड दिईन् । उनले आफुहरु निर्वाचित भएर आएपछि सुरुमा बर्षात सरु भएको, त्यसपछि संघ र प्रदेशको निर्वाचनका कारण आशातित काम गर्न नसकिएको उल्लेख गर्दै अब कामले गति लिने बताईन् ।

गाउँसभामा जिल्ला समन्वय समिति रुपन्देहीकी सदस्य विष्णुमाया जयसवाल, वडा नम्बर ४ का अध्यक्ष श्रीराम यादव, ६ का अध्यक्ष शेरबहादुर गुरुङ, वडा सदस्य सन्तोष शर्मा भुसाल लगायतले बोल्दै गाउँपालिकाबाट हुने हरेक कामहरु जनमुखी हुनुपर्नेमा जोड दिएका थिए ।

गाउँसभाको सञ्चालन लेखा अधिकृत नारायण पौडेलले गरेका थिए । गाउँसभाको अर्को बैठक आगामि माघ ६ गते शुत्रबार ११ बजेका लागि आब्हान गरेको गाउँपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । ६ गतेको गाउँसभा बैठकले नगर प्रहरी ऐन संशोसन र विविध बिषयमाथि छलफल गरिने गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?