Butwal Today

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत

२९ पुष २०७९, शुक्रबार
अ+
अ-

पोखरा ।

मुख्यमन्त्री  खगराज अधिकारीलाई ३१ सांसदले विश्वासको मत दिएका छन् । शुक्रबार मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्‍मा प्रस्ताव पेश गरेका थिए । उनको प्रस्तावमा छलफल सकेपछि मतदान भएको थियो । मतदानमा ५८ सांसद उपस्थित थिए । एमालेबाट जेष्ठ सदस्य  मित्रलाल वस्यालले सभाअध्यक्षको भूमिकामा थिए । अधिकारीको पक्षमा ३१ मत परेको छ भने २७ मत मात्रै विपक्षमा परेको छ । नेकपा एकीकृत समाजवादीका सांसद दिपक मनाङे अनुपस्थित भएका छन् ।  एमालेका अधिकारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीले  समर्थन गरेका छन् ।