Butwal Today

५ महिनामै भित्रियो ५ खर्ब रेमिट्यान्स

२९ पुष २०७९, शुक्रबार
अ+
अ-

 काठमाडौँ ।

चालू आर्थिक वर्षको ५ महिनामा नेपालको रेमिट्यान्स (विप्रेषण आप्रवाह) २३ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार साउनदेखि मंसिरसम्म ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ नेपाल भित्रिएको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.३ प्रतिशतले घटेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ७१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २१.६ प्रतिशतले वृद्धि भई रु.५३० अर्ब ६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५.३ प्रतिशतले घटेको थियो।