ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिता, अन्तिम चारको टुंगो

२६ पुष २०७९, मंगलवार
२६ पुष २०७९, मंगलवार

बुटवल,  पुस – तिलोत्तमामा जारी तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिता २०७९ अन्तरगत सोमबार क्वाटरफाईनलमा विजयी हुदै वडा ४ र वडा १ विजयी हुदै अन्तिम चारमा स्थान पक्का गरेका छन । तिलोत्तमा नगरपालिकाको आयोजना तथा नवजिवन क्लबको सहआयोजनामा नवजिवन खेलमैदानमा भएको पहिलो खेलमा वडा नं ४ ले वडा नं ९ माथि ३ बिकेट तथा दोस्रो खेलमा वडा नं १ ले वडा नं ३ माथि ५१ रनको जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । मंगलबार पहिलो सेमिफाइनल खेलमा वडा २ र वडा ४ तथा दोस्रो सेमीफाईनल खेल वडा १ र वडा १७ भिड्ने संयोजक प्रकाश न्यौपानेले बताए ।

पहिलो खेलमा टस जितेर ब्याटिङको निर्णय गरेको वडा नं ९ ले पुरै २० ओभर खेल्दै ९ विकेटको नोक्सानीमा ९४ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि निशान्त शर्माले शानदार अर्धसतक पुरा गरे पनि जित निकाल्न सकेनन । शर्माले ४३ बलमा ५२ रन बनाएका थिए । वडा नं ४ का सुलभ ढुगानाले ३ तथा पदम ज्ञवालीले २ विकेट लिएका थिए । झिनो लक्ष्य वडा नं ४ का ब्याट्सम्यानहरुले १६.५ ओभरमा ७ बिकेटको नोक्सानीमा भेटायो । वडा नं ४ को जितमा अजय थापाले २५ र ह्तिक थापाले २३ रनको योगदान दिए । वडा नं ९ का कमल अधिकारीले ३ तथा बिप्रसन केसीले २ बिकेट लिएका थिए ।

खेलमा वडा नं ४ का अजय थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैगरि दोस्रो खेलमा वडा नं १ ले टस जितेर १७.४ ओभरमा सबै बिकेट गुमाएर १ सय २३ रनको लक्ष्य खडा गरेको थियो । वडा नं १ का युवराज सेनले शानदार अर्धसतक पुरा गरे । उनले ३० बलमा ४ छक्का र ३ चौकाको मद्यतले ५४ रन बनाएका थिए । प्रकाश सारुले १५ बलमा १६ रनको योगदान दिए । वडा नं ३ का सागर गैरेले ३ तथा केशरसिह भण्डारीले २ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको वडा नं ३ का ब्याट्सम्यानहरु १६ ओभरमा केवल ७२ रनमा समेटिए । उसको लागि आशिष श्रेष्ठले २४ तथा केशरसिह भण्डारीले १६ बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन । वडा नं १ को जितमा बिशाल न्यौपानेले शानदार ४ तथा विपिन भट्टराईले २ विकेट लिएका थिए । खेलमा वडा नं १ का युवराज सेन म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?