Butwal Today

पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

२५ पुष २०७९, सोमबार
अ+
अ-

काठमाडौं ।

सरकारले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पृथ्वी जयन्तीका दिन पुस २७ मा सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

राप्रपाले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिनु पर्ने माग गर्दै आएको थियो ।

यसअघि सत्ता गठबन्धनले सार्वजनिक गरेको सरकारको न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने उल्लेख थियो ।