ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

लायन्स जन्मदाता जोन्सको जन्मोत्सवमा न्यानो कपडा तथा साईक्लिङ

२४ पुष २०७९, आइतबार
२४ पुष २०७९, आइतबार

बुटवल, २४ पुस ।

विश्वभरमा मानवलाई सामाजिक हितमा अग्रसर गराउने लायन्सका जन्मदाता लायन मेल्भिन जोन्सको १ सय ४४ सौ जन्मोत्सव सप्ताहमा विश्वभर नै विविध कार्यक्रम गरी मनाईदै आएको छ । रुपन्देही लायन्स क्लबमार्फत सामाजिक कार्यमा धेरै क्लबहरुले न्यानो कपडा वितरण, साइक्लिङ कार्यक्रमहरु गरेर मनाएका छन् । दिवसको अवसरमा लायन्स क्लब अफ बुटवल खस्यौलीले न्यानो माया कार्यक्रम अन्तर्गत सियारी गाउँपालिका वडा नं. ५ मा रहेका विपन्न तथा फरक क्षमता भएका परिवारलाई जाडोका कपडा बाँडेको हो । स्थापनाको १३ वर्षदेखि नै सामाजिक हितमा युवाहरुलाई जोड्ने काम भएको क्लबका निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक विष्णु उपाध्यायले बताए । पालिकाका ३० परिवारलाई पि फर्म, कम्मल, टोपी, मफलर बाडिएको उनले बताए । समुदायलाई सामाजिक कार्यमा सहकार्य गर्ने गरि थोरै थोरै सहयोग जुटाएर कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रममा पुर्वगर्भनर एमजिएफ महेन्द्र नारायण श्रेष्ठ, सियारी ५ का वडाअध्यक्ष धनपती खरेल, डिपुटी चिफ एमजिएफ मुक्ति प्रसाद श्रेष्ठ, एरिया चिफ एमजिएफ माधव खनाल, जोन चियरपर्सन दिपक श्रेष्ठले सहयोग सामाग्री हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्लबका अध्यक्ष कमल देवकोटाले युवाहरुलाई संगठित गर्दै नेतृत्व, भातृत्व विकाससंगै सामाजिक कार्यमा लगाउने गरि योजनाहरु बनाएको बताए । सामाजिक कार्यमा योङ स्टाइल स्टोर काठमाण्डौ, एचआरएम स्टोर्स काठ्माडौ, मनकामना फेन्सी देविनगरका अनिश श्रेष्ठ, फोर सिजन सुजका सनम थापा, जेएस स्टोर्सका सन्तोष थापा र जीवन राना, अमन गुरुङ, सुरेन गहतराज, हिमाल थापाले सहयोग गरेको संयोजक शर्माले बताए ।

यसैगरी लायन्स क्लब अफ सिद्धार्थनगर प्रोगेसिभको आयोजनामा भैरहवामा सिटि साइक्लिङ (लायन्स साइक्लिङ र्याली) सम्पन्न भएको छ । क्लबका अध्यक्ष सुनिल सेन्चुरी ‘स्वास्थ्य र पर्यावरणका लागि’ भन्ने नारा सहित सचेतनामूलक कार्यक्रम गरिएको बताए । स्वस्थ्य र खेलमा आवद्ध गराउन जरुरी रहेको उनले बताए । भैरहवा लुम्बिनी गेटबाट सुरु भएको साइक्लिङ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, गल्लामण्डी, पिप्रहिया, दुर्गा कोलोनी, मेडिकल कलेज, आँखा अस्पताल, देवकोटा चोक, बुद्ध चोक, नारायण स्थान, उज्यालो चोक, मिलन चोक हँुदै बैक रोडमा समापन गरिएको थियो । साइक्लिङ कार्यक्रमको शुभारम्भ गर्दै लायन्स इन्टरनेश्नल डिष्ट्रिक ३२५ पि का गभर्नर नवराज न्यौपाने स्वस्थ्य रहेमात्र सामाजिक कार्यमा अग्रसर हुन सकिने भन्दै नया र नमुना कार्यहरुमा अग्रसर हुनुपर्ने बताए । कार्यक्रम संयोजक कन्चन श्रेष्ठले रुपन्देहीका ३३ जना साईक्लिष्टहरु सहभागी रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?