ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

एक सातामा ६ वटा बैंक मर्जर भएर तीन हुँदै, बाणिज्य बैंकको संख्या २१ मा झर्दै

२४ पुष २०७९, आइतबार
२४ पुष २०७९, आइतबार

काठमाडौं, २४ पुस ।

यस सातामा ६ वटा बैंक मर्जर भएर तीन वटा हुँदै छन् । भोलि सोमबार बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले एकिकृत कारोबार गर्दैछन् । त्यस्तै प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकले पुस २७ गते मंगलबार एकिकृत कारोबार गर्ने घोषणा गरिसकेका छन् । आगामी पुस २७ गते बुधबार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकिकृत कारोबार गर्दै छन् । एक साता अगाडी मात्रै कुमारी बैंक र एनसिसी बैंकले मर्जर पश्चात एकिकृत कारोबार गरेका थिए । हिमालयन बैंक र सिभिल बैंकको एकिकृत कारोबार भने पुस महिनामा सम्भव भएन । दुबैले मर्जरलाई अन्तिम चरणमा पुर्याइसकेका छन् ।

पुस महिनामै चार वटा मर्जर सफल भएको छ । पुस २७ पछि नेपालमा बाणिज्य बैंकको संख्या २२ वटामा झर्नेछ । सिभिल र हिमालयनको मर्जर पछि भने बाणिज्य बैंकको संख्या २१ मा झर्नेछ । पछिल्लो समय लक्ष्मी बैंक र सन राइज बैंक मर्जर हुँदै छन् । यसले २० वटामा झर्नेछ ।

भोलिदेखि एकिकृत कारोबार हुँदै गरेको ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको चुक्ता पूँजी ३५ अर्ब ७६ करोड पुग्नेछ । अहिलेसम्मको बाणिज्य बैंकको मर्जर मध्ये ग्लोलबल आइएमई बैंकको मर्जर मेगा मर्जर हो । जसले केहि वर्षको अन्तरालमै दुई वटा बाणिज्य बैंकलाई विलय गराएको छ ।

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक विचको मर्जर पनि सानो मर्जर होइन । यि दुई बैंकको मर्जर पछि बन्ने इन्भेष्टमेन्ट मेगाको चुक्ता पूँजी ३४ अर्ब ११ करोड पुग्नेछ । हिमालयन सँग मर्जर भाडिए पछि इन्भेष्टमेन्टले मेगा सँग मर्जरको सहमति गरेको थियो ।

आगामी मंगलबार एकिकृत कारबार गर्दै गरेको प्रभु र सेञ्चुरीको मर्जर पछिको चुक्ता पूँजी २३ अर्ब ५३ करोड पुग्नेछ । यि दुई विच बराबरी स्वाप रेसियोमा मर्जर भएको हो । यसरी बैंकहरु मर्जर भएर ठुला हुँदै गएका छन् । पूँजीका हिसावले बलिया र संख्या पनि कम हुँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा कम हुँदै जाने विश्वास गरिएको छ ।

नेपाल राष्ट्र बैंकले ६ वर्ष अगाडी ल्याएको क्यापिटल प्लानले पूँजी बलियो बनाएका बाणिज्य बैंकहरु अव मर्जरले अझै बलियो बन्दै जानेछन् । यस सँगै अव मर्जर नगर्ने बैंकहरुलाई पनि दवाव बढेको छ । मर्जर पछि बैंकहरुको पूँजी मात्रै नभएर निक्षेप र कर्जा विस्तारको आकार पनि बढ्नेछ । यस सातामा हुने दुई ठुला मर्जर पछि उनिहरुको चुक्ता पूँजी ३४ अर्ब नाघ्दैछ । यस भन्दा अगाडीसम्म नविललले नेपाल बंगालदेश बैकलाई मर्ज गरि सर्वाधिक ठुलो पूँजी भएको बैंक बनाउन सफल भएको थियो ।

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकको संख्या अझै घटाउन चाहिरहेको छ । अहिलेको अवस्थामा कम्तिमा पनि १४÷१५ वटामा झार्ने बाणिज्य बैंकको योजना छ । तर केहि यस्ता बैंकहरु छन् जुन मर्जर हुने अवस्थामा छैनन् । दुई विदेशी बैंकहरु लस्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंकले मर्जरको एजेण्डालाई समेत अगाडी सारेका छैनन् ।

अर्को तर्फ तीन सरकारी बाणिज्य बैंकहरु राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकहरु एक आपसमा गाभिने छलफल समेत सुरु भएको छैन । तर राष्ट्र बैंक यि तीन वटा बाणिज्य बैंकहरुलाई गाभ्नै पर्ने दवावमा छ ।

यस्तो अवस्थामा ५ बाणिज्य बैंक तत्काल घट्ने अवस्थामा छैन । अन्य बाँकी बाणिज्य बैंकहरु एनआइसी एशिया, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, एभरेष्ट बैंक, सिटिजन बैंक, सनराइज बैंक, सानिमा बैंकहरु पनि अव मर्जरको दवावमा पर्ने छन् । अव मर्जर नहुँदा अन्य ठुला बाणिज्य बैंकहरुको तुलनामा यि बैंकहरु विकास बैंक जस्ता देखिनेछन् ।

राष्ट्र बैंकले विकास बैंक र फाइनान्सको संख्या भने घटाउने रणनीतिमा छैन । माइक्रोफाइनान्स तर्फ भने राष्ट्र बैंकले लिएको कदमले काम गरिरहेको छैन । फाट्टा फुट्ट मर्जरको सहमतिपत्रमा हस्ताक्षर भइरहे पनि उल्लेख्य मात्रामा मर्जर हुने सम्भावना न्युन छ । राष्ट्र बैंकले बोनस वितरणदेखि हकप्रद शेयर निष्काशन गर्न नदिनेसम्मका नीति अख्तियार गरे पनि मर्जर हुन सकिरहेको छैन । यस तर्फ हालसम्म सात वटा मर्जर प्रकृयाँमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?