ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

थारु समुदायमा माघीको रौनक (फोटो फिचरसहित)

२२ पुष २०७९, शुक्रबार
२२ पुष २०७९, शुक्रबार

दाङ, २२ पुस ।

थारु समुदायको महान पर्व माघ नजिकै गर्दा थारु गाउँमा माघको रौनक सुरु भएको छ । गाउँ गाउँमा माघ महोत्सव, माघ साँस्कृतिक कार्यक्रमको आयोजना भइरहेको समयमा थारु कल्याणकारिणी सभा दाङले दुइदिन जिल्लाको सदरमुकाम घोराहीमा जिल्लास्तरीय माघ साँस्कृतिक महोत्सवको आयोजना गरेको छ ।

माघ महोत्सवको उदघाटनको पहिलो दिन थारु लोककला, संस्कृति झल्किने थारु भेषभुषा सहित घोराहीको मुख्यबजारमा बजार परिक्रम गरिएको छ । ‘हमार देश हमार भाषा, सम्पत्ति हो सक्कुजहनक् खासा, माघक शुभकामना बा, सक्कुजन्हक सांस्कृतिक सम्मान, यिह हमार नेपाली स्वाभिमान’ नारा सहितका प्ले कार्ड बोकेर बजार परिक्रम गरिएको थियो ।

महोत्सवको उदघाटन लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले थारु संस्कार अनुसार निस्राउ निकालेर गरेका थिए । सांस्कृतिक महोत्सव २०७९ को उदघाटनका अवसरमा मन्त्री चौधरीले थारुहरु संस्कार र संस्कृतिका धनी भएको बताए । मन्त्री चौधरीले कला जोगाउनु र संरक्षण गर्नु ठुलो कुरा रहेको बताए ।

लुम्बिनी प्रदेश सभा सदस्य प्रचण्ड विक्रम न्यौपानेले थारुहरु संस्कार र संस्कृतीका धनी भएको र आफ्नो संस्कृति संरक्षणका लागि अगाडि बढेकोमा खुशी व्यक्त गरे । अर्का सभासद सीता चौधरीले थारुहरुको महान पर्व माघीको अवसरमा दाङको थारु कल्याणकारी सभाले उदाहरणीय काम गरेकोमा खुशी ब्यक्त गरिन् ।

थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक भुवन चौधरीले दुइदिनसम्म हुने महोत्सवमा सात दर्जन भन्दा बढी मघौटा छोक्रा, हुर्डुङ्या लगायत नाच प्रस्तुति हुने बताए । त्यस्तै महोत्सव स्थलमा थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, दर्जनौ थारु भाषाको पुस्तक प्रदर्शनीको लागि राखिएको उनले बताए । यस्तै थारु परिकार ढिक्री, घोङ्गी, माछा, गंगटा लागयत परिकारहरु समेत विक्री वितरणको लागि राखिएको छ । थारुहरु आफ्नो संस्कार संस्कृतीलाई छोडेका छैनन् । पछिल्लो पुस्ताले पहिचानलाई जोगाउन र हस्तान्तरण गर्न लागेको उनले बताए ।

थारु समुदायको सांस्कृतिक समारोहको अवसरमा उल्लेख्य काम गरेको भन्दै बालकृष्ण चौधरी, श्रीराम चौधरी, लक्ष्मीमान चौधरी, थम्मन चौधरी, चेतराम चौधरी, शेरबहादुर चौधरी, छविलाल कोपिला,आसमानी चौधरी, चौधरी, मोहनलाल चौधरी, रामशरन चौधरीलाई सम्मान गरिएको हो । थारु कल्याणकारी सभाका सल्लाहकार केबी चौधरीले माघको समयमा संस्कृतीलाई अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउनका लागि आयोजना गरिएको बताए ।

पुर्व सभासद शान्ता चौधरीले थारुको माघ पर्व मनाउने चलन फेरिएको बताइन् । पहिले थारूका छोरी चेलीहरु कमलरी बस्न जाने मोलमोलाई हुने गर्दथ्यो । अहिले मुक्ति भएको अवस्थामा माघी मनाउन पाएकोमा खुशी व्यक्त गरिन् । मुक्त कमलरी विकास मंचका केन्द्रीय अध्यक्ष हिरा चौधरीले मुक्त कमलरीहरु आवासीयरूपमा बसेको लमही –३ नर्तीको हस्टोलमा कृषि प्राविधिक शिक्षालय राख्ने कुरा सुनेको बताइन् ।

“नर्ती होस्टोलमा शिक्षालय राखेपछि त्यहाँका मुक्त कमलरी कहाँ जाने ? बास उठाउन पाइँदैन”–उनले भनिन् । सो अवसरमा नेपाली काँङ्ग्रेसका जिल्ला अध्यक्ष शंकर डाङ्गी, नेकपा एमालेका जिल्ला सचिव मनोहर बुढाथोकी, नेकपा माओवादीका सचिव बिश्वराज आचार्य, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?