ट्रेंडिंग:

>> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त

शैक्षिक सामग्री खरिदमा आर्थिक अनियमितताको आशंका

२२ पुष २०७९, शुक्रबार
२२ पुष २०७९, शुक्रबार

अर्घाखाँची, २२ पुस ।

अर्घाखाँचीको भुमिकास्थान–१० धनचौरमा अवस्थित जनजागृती माध्यमिक विद्यालय नमुना विद्यालय अन्तर्गत छनोट भई कार्यक्रम संचालन भइरहेको विद्यालय हो । नमुना विद्यालय कार्यक्रम अन्तर्गत गत आर्थिक बर्ष २०७८÷०७९ मा शैक्षिक गुणस्तर सुधार शीर्षकको बजेट हिनामिना भएको पाइएको छ ।

शैक्षिक गुणस्तर सुधारतर्फ विद्यालय प्रशासनले मनोमानी तरिकाबाट सेटिङ्गमा सामग्री खरिद गरेको समितिबाट नै गुनासो आएको र खरिद ऐनबिपरित खरिद गरेको देखिएपछि बजेट हिनामिना भएको आशंका उब्जिएको हो ।

विद्यालयले खरिद गरेको सामान के–के हुन् ? कति मूल्यका हुन् ? कस्ता सामान हुन् भन्ने बारेमा आफुहरुलाई अहिले सम्म कुनै जानकारी नभएको विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हृदय कुमार भुसालको भनाई छ । सामान खरिद तथा विद्यालयको अन्य प्रशासनिक गतिविधि अपारदर्शी भयो भनेर पटक–पटक कुरा राख्दा पनि सुनुवाई नभएको उनले बताएका छन् ।

सामग्री खरिदमा पारदर्शी तरिकाले काम हुन नसकेको उक्त विद्यालयका अभिभावक पूर्ण बहादुर भट्टराईले बताएका छन् । “शैक्षिक गुणस्तर सुधार तर्फको काम समयमै गर्नुपर्नेमा आर्थिक वर्षको अन्तिम २०७९ असार २४ गतेपछि मात्रै हतारमा गरेको देखिन्छ”–पुर्व शिक्षक समेत रहेका अभिभावक भट्टराईले भने,“विद्यालयलाई आवश्यक के हो ? कुन सामग्री कति खरिद गर्नुपर्ने हो ? सरोकारवालापक्षसंग सल्लाह तथा निर्णय नै नगरी मनोमानी ढङ्गले अन्तिममा आएर कम्प्युटरमा मात्रै ठूलो मूल्य खर्च गरेको देखिन्छ ।”

विद्यालयमा पटक–पटक आर्थिक अपारदर्शीताको सवालमा प्रश्न उठिरहेकोले राज्यका नियामक निकायले छानबिन गर्नुपर्ने अभिभावक भट्टराईको धारणा छ । खरिद गरिएका सामान कहिले, कहाँ, कसरी, कति मूल्यमा, कसले खरिद गरेको हो ? भन्ने बिषयमा आफूलाई कुनै जानकारी नभएको उक्त विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल प्रसाद भट्टराईले बताएका छन् । विद्यालयका प्रधानध्यापक पिताम्बर खनालले अनियमितता नभएको बताए ।

शैक्षिक गुणस्तर सुधारतर्फ ५० लाख बजेट खर्च गर्नुपर्नेमा २५ लाखको मात्रै किर्ते कागजात जुटाएर हतारमा सामग्री खरिद गरेको, २५ लाख बजेट फ्रिज गएको देखिएको छ । विद्यालयका गतिविधि नियमसंगत नभएको र आर्थिक अनियमितताका कुरा उठ्न थालेपछि यसबाट पन्छिन विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमलाल शर्माले आफु घरमै रहँदा पनि ६ महिनाको लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर आफु पन्छिन खोजेको देखिएको छ ।

नमूना कार्यक्रम संचालन भएको तीन बर्ष हुन लाग्दासमेत उल्लेख्य प्रगति हुन नसकेको र आर्थिक हिनामिना भएका गुनासो आउँदासमेत नियामक निकाय भूमिकास्थान नगरपालिका भने मुकदर्शक बनेको पाइएको छ । माध्यमिक तहसम्मको विद्यालय संचालनको जिम्मा स्थानीय सरकारलाई आएपछि सरकारी तथा सामुदायिक स्कुलको गुणस्तर झन् खस्किदै गएको सरोकारवालाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?