ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल
तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिता २०७९

वडा नं. २ र वडा नं. ६ विजयी

२१ पुष २०७९, बिहीबार
२१ पुष २०७९, बिहीबार

बुटवल, २१ पुस ।

तिलोत्तमा नगरमा जारी तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिता २०७९ मा वडा नं. २ र वडा नं ६ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । तिलोत्तमा नगरपालिकाको आयोजना तथा नवजिवन क्लबको सहआयोजनामा नवजिवन खेलमैदानमा भएको पहिलो खेलमा वडा नं. २ ले वडा नं ७ माथि ९२ रन तथा दोस्रो खेलमा वडा नं. ६ ले वडा नं १४ माथि १ सय १४ रनको फराकिलो जित निकालेको हो ।

पहिलो खेलमा टस जितेर ब्याटिङको निर्णय गरेको वडा नं. ६ ले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ७६ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि सागर केसीले ३९ र निलेस केसीले ३८ रनको योगदान दिए । वडा नं. ७ का सन्तोष क्षेत्री र सुरज क्षेत्रीले समान २–२ विकेट लिए । मध्यम लक्ष्य पछ्याएको वडा नं. ७ केवल १५.५ ओभरमा ८५ रनमा समेटिएको थियो । उसका लागि सन्तोष क्षेत्रीले २८ र किरण पाठकले १८ रन बनाएका थिए । कम स्कोरमा रोक्न वडा नं २ का महेन्द्र सुवेदी क्षेत्रीले ४ तथा दीपक पाण्डेले २ विकेट लिएका थिए । खेलमा महेन्द्र सुवेदी क्षेत्री म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरी दोस्रो खेलमा वडा नं ६ ले टस जितेर ब्याटिङको निर्णय गर्दै निर्धारित २० ओभरमा ६ बिकेटको नोक्सानीमा १ सय ८१ रनको लक्ष्य खडा गरेको थियो । वडा नं ६ का ३ जना खेलाडीले अर्धशतक बनाए । थमन स्याङजालीले ५९, बिकल अधिकारीले ५२ र सम्राट थापाले ५१ रनको योगदान दिएका थिए । वडा नं. १४ का सचिन केवटले ४ तथा प्रिन्स मल्लले १ बिकेट लिएका थिए । विशाल लक्ष्य पछ्याएको वडा नं. १४ का ब्याट्सम्यानहरु १४.५ ओभरमा केवल ६७ रनमा समेटिए । उसका लागि बिशाल सापकोटाले २५ र मनिष थापाले १४ रनबाहेक अन्य ब्याट्सम्यान दोहोरो रन जोड्न सकेनन् । कम स्कोरमा रोक्न वडा नं ६ का थमन स्याङजालीले ४ तथा सुदिप बस्नेतले ३ विकेट लिए । खेलमा थमन स्याङजाली म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

शुक्रबार पहिलो खेल वडा नं १० र ९ तथा दोस्रो खेल वडा नं १३ र १७ का बीचमा हुने संयोजक प्रकाश न्यौपानेले बताए । पुस २८ गतेसम्म संचालन हुने प्रतियोगिता आयोजना गर्न ५ लाख रुपैया खर्च हुने अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?