ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

माघ सांस्कृतिक महोत्सवको तयारी पूरा

२१ पुष २०७९, बिहीबार
२१ पुष २०७९, बिहीबार

दाङ, २१ पुस ।

थारु समुदायको महान चाड माघ पर्वको अवसरमा घोराहीमा हुन लागेको माघ सांस्कृतिक महोत्सव २०७९ को सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष एवम् महोत्सव मुल आयोजक समिति संयोजक भुवन चौधरीले यही पुस २२ गतेबाट हुन लागेको दुई दिने माघ महोत्सवको सबै तयारी पूरा भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

‘थारु अगुवाहरूसँगको छलफलपछि यो पटक केही नयाँपनका साथ माघी महोत्सव गर्ने तयारी गरेका छौँ’, उनले भने, ‘संस्कार, संस्कृति जोगाउन थारु कला संस्कृति प्रस्तुति गरिने भएको छ । नाचगानले मात्रै नहुने भएपछि यो पटक रचनात्मक रुपमा माघी महोत्सव हुनेछ । ’थारु कला संस्कृति, भेषभुषा, परम्परा सबै पछिल्लो पुस्ताले जोगाउने जिम्मेवारी भएका कारण विगत ८–१० वर्षयता बर्सेनि माघी महोत्सव गर्दै आएकोमा यो पटक अझ पृथक रुपमा कार्यक्रम गर्न लागिएको उनले बताए ।

‘गाउँगाउँबाट पुराना भेषभुषासहितका रहनसहन झल्काउने नाचगान आउने छ’, उनले भने, ‘महोत्सवले थारु कलासंस्कृतिलाई चिनाउने छ ।’ नाचगान, आदिवासी खाना, थारु युवा तथा गैर थारुलाई संस्कृतिमा आकर्षित गर्ने गरी जिल्लाका सबै ठाउँबाट ७० बढी सांस्कृतिक कार्यक्रम महोत्सवमा देखाउन लागिएको छ ।

झाँकी सहितको र्यालीले बिहान साढे ११ बजेबाट ट्राफिक चोकबाट शुरु हुने र त्यसमा समग्र थारु समुदायले प्रयोग गर्ने सरसामानसहितको सांस्कृतक पहिचान हुनेछ । विभिन्न उपसमिति गठन गरि तयारी गरिएको हुँदा यो पटक थप व्यवस्थित हुने र थारु तथा गैर थारु समुदायको उल्लेख्य सहभागीता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ । यस्तै, महोत्सवमा थारु रहनसहनका खानपान, थारु संग्रहका पुस्तक प्रदर्शनीका रुपमा पनि राखिने भएको छ । घोराही १५ स्थित जिल्ला समन्वय समितिको परिसरमा रहेको शहिद मन्चमा महोत्सव स्थल बनाइएको छ । माघी पर्व थारु समुदायको पहिचानको चाड पनि भएकाले यसलाई निकैमहत्वका साथ लिने गरिएको छ । थारु बाहुल्यता रहेको दाङ जिल्लामा अहिले माघीको रौनक छाएको छ । यसलाई थारु समुदायले नयाँ वर्षको रुपमा लिने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?